Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

नेपालीलाई अपमान गर्ने भारतीय सांसदको अर्को ट्वीट, गाली गर्नेलाई भनिन् ‘नक्कली नेपाली’

२८ फाल्गुन २०७५, मंगलवार १४:२०


भारतको आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालीलाई अपमानित गर्दै ट्वीट गरेपछि आज बिहानैदेखि उनको आलोचना भइरहेको छ । यही बीचमा उनले अर्को ट्वीट गरेकी छिन् । उनले नयाँ ट्वीटमा आफ्नो आलोचना गर्नेलाई ‘नक्कली नेपाली’ भनेकी छिन् ।

नयाँ ट्वीटमा उनल लेखेकी छिन् – ‘हाम्रो देशको प्रधानमन्त्रीले जबदेखि आफूलाई चौकीदार भन्न थाले त्यसपछि नेपालीहरुलाई चौकीदार शब्द गाली लाग्न थालेको छ । जबकि चौकीदार शब्दमा एउटा विश्वास भरोसा लुकेको छ । त्यसै कसैले आफ्नो सबथोक कसैलाई सुम्पेर चैनले निदाउँछ । नक्कली नेपाली मात्र भक्तजस्तो भाषा बोल्न सक्छन् । चिन्ता छैन ।’

यस अघि उनले नेपाललाई अप्रत्यक्षरुपमा चौकीदारहरुको देश भनी पेचीलो ट्वीट गरेकी छिन् । प्रधानमन्त्री छान्न संवेदनशील बनौं तर चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ भन्ने उनको ट्वीट अहिले विवादमा परेको छ । सरसरती हेर्दा उनी नरेन्द्र मोदीलाई चौकीदारको हिसाबमा व्यगं गर्न चाहन्थिन तर नेपालको सार्वभौमीकतामा उनको ट्वीटले एउटा पेच भनें हानेको छ ।

उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी थिइन् । उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी थिइन् । उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले

काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको

नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता

काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक