Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

मृगौला जोगाउने सुनौला सरल उपायहरु

३० फाल्गुन २०७५, बिहीबार १९:३१

लोकप्रिय

मार्च १४ को विश्व मृगौला दिवसमा स्वागत छ । ल आउनुहोस् आज मृगौलालाई स्वस्थ राख्ने सरल ५ उपायहरुका बारेमा जानकारी लिऔं ।

स्वस्थ र सक्रिय रहने
मृगौला र रक्तचापको विशेष समबनध रहन्छ अनि सदैव स्वस्थ र सक्रिय भएमा, दैनिक खेल खेल्ने या शारीरीक व्यायाम गरेमा रक्तचाप ठिक ठाँउमा हुने रहने भई मृगौलालाई सहज हुने हुन्छ ।

रगतमा चिनीको मात्रा नियमित समयमा जाँच गराउने
रगतमा चिनीको मात्रा समय समयमा जाँच गराउनाले मृगौलाको अवस्था थाहा पाउन सहज हुन्छ । मधुमेहका रोगीहरुमा मृगौलाको समस्या धेरै देखिन्छ तसर्थ मृगौला ठिक राख्न मधुमेहको अवस्था नियमित जाँच्न जरुरी हुन्छ ।

स्वस्थकर खाने र शरीरको तौल जाँच गरिरहने
शरीरको तौल नियन्त्रण गर्न अत्यन्त जरुरी छ तसर्थ साय सायमा शरीरको तौल जाँच गर्न जरुरी हुन्छ । स्वस्थ खानेकुरामा सकेसम्म शाहाकारी र फाइबरयुक्त खानेकुराहरु, प्याकेटका खाना र मधपान, धुम्रपानको सेवन नगर्ने, ताजा र नून कम हालेको खाना खान पनि सुझाव दिइन्छ ।

नियमित या आफुखुशी औषधी सेवन नगर्ने
हामी आफुखुशी औषधी सेवन गर्ने र चक्कीहरु खाने गर्दछौं । त्यस्तो औषधीहरुको आफुखुशी अत्याधिक सेवन गर्नाले मृगौलामा दीर्घकालिन असर गर्न सक्दछ ।

समयसमयमा मृगौलाको कार्यगत अवस्थाको रगत जाँच गराउने
सोडियम, पोटासियम, यूरिया र क्रिएटिनाइनको बेलाबेलामा जाँच गराउनाले मृगौलाको अवस्था थाहा हुन्छ र पर्याप्त मात्रामा सादा पानी पिउने गर्नुपर्दछ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या

टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान