Lifestyle Portal
  •   १० आश्विन २०७८, आईतवार
plastic bottle and glass

प्लाष्टिकको बोतल/गिलासमा पानी पिउनु घातक !

५ पुष २०७५, बिहीबार ०७:१६

आजभोलि मानिसहरुले सहजताको निम्ति प्लास्टिकबाट बनेको सामाग्रीहरु धेरै नै प्रयोग गर्दै आएका छन । तुलनात्मक रुपमा सस्तो र हलुन्गा भएको कारण प्लास्टिकबाट निर्मित सामाग्री धेरै प्रयोग भएको हुन सक्छ । यस्ता प्लास्टिक जन्य सामानबाट हाम्रो स्वस्थमा कस्तो असर भन्ने आज लेख्दै छौ ।

प्राय मानिसहरु बोतलमा या त प्लास्टिकको गिलासमा पानी पिउने गर्दछन्। अहिले त झन बोतल र गिलासमा पानी पिउने फेशनकै रुपमा आएको छ। तर अब तपाईले यस्तो गरिरहनु भएको छ भने सावधान हुनुस्। बोतल र गिलासमा पानी पिउनु मानव स्वाथ्यको लागि घातक मानिएको छ।

एक अध्ययनका अनुसार बोतल र प्लास्टिकको गिलासमा राखिएको पानीमा बिसफेनोल ए (BPA) नामक रसायन मिसिएको हुन्छ जसले मानिसको स्वास्थ्यको लागि हानिकारक मानिएको छ। यसबाट बच्न तपाईले बिसफेनोल ए मुक्त बोतल वा प्लाष्टिकको गिलास छान्नु पर्ने हुन्छ।

यस्तै सिसाको बोतललाई प्राकृतिक वस्तुबाट बनाइएको हुँदा यो स्वाथ्यको लागि सबैभन्दा फाइदाजनक हुन्छ।

सूर्यको किरणबाट प्लास्टिकको बोतल वा गिलासमा रहेको बिसफेनोल ए रसायन पानीमा मिल्न जान्छ।यसले मानव स्वास्थ्यलाई नोक्सानी पुर्याउने भएकाले तपाईले प्लास्टिकको बोतल वा गिलासलाई सूर्यको करणबाट बचाउनु पर्ने हुन्छ।

यदि तपाई स्वादिस्ट पानी पिउन चाहनुहुन्छ भने सिसाको बोतलको प्रयोग गर्नुस् किनकी यसमा प्लास्टिकको बोतलले निबुवा वा अन्य अमिलो चिजबाट आउने स्वादले परिवर्तन गरिदिने गर्दछ। यति मात्रै नभएर यदि ठीकसँग प्लास्टिकको बोतल वा गिलासलाई सफा नगरिए किटाणु समेत फैलने सम्भावना धेरै हुन्छ।

यदि तपाईको घरमा बालबालिका छन् भने प्लास्टिकको बोतल वा गिलासको साट्टा सिसाको गिलास वा बोतल प्रयोग गर्नुस्। सिसा बालबालिकाले फुटाउने सम्भावना धेरै भएकाले सिलिकनको एक पत्रले बनेको गिलास वा बोतल किन्नु जुन हतपत्त फुट्दैन्।
प्लास्टिकको बोतल वा गिलासलाई कडा चीजले सफा नगर्नुस्। किनकी गिलास वा बोतलमा रहेको पोलीकार्बोनेट चाडैँ फुट्छ।

तातो पानी वा अन्य तरल पदार्थ प्लाष्टिकको बोतल वा गिलासमा नराख्नुस् किनकी यसमा भएको हानिकारक रसायन मिल्न सक्ने सम्भावना धेरै रहन्छ र यसबाट मानवीय स्वास्थ्यमा हानी पुर्याउने आशंका हुन्छ।

सबै प्रकारको प्लास्टिकको बोतल वा गिलास एक पटकभन्दा बढी प्रयोग नगर्नुस्। जस्तोकी कोल्ड ड्रिंक्स को बोतल, मिनरल पानीको बोतल, चियाको गिलास आदि। यदि तपाईले पुन: दोस्रो पटक प्रयोग गर्नुभयो भने बोतलमा रहेको कारसिनोजेनिक नामक पदार्थ पानीमा मिल्न जान्छ र स्वाथ्यको लागि हानिकारक हुन्छ। एजेन्सी 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । नेपालमा २७.६ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्ममा

काठमाण्डौ । ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा २

प्राकृतिक चिजबिजहरु प्रयोग गरि गरिने घरेलू उपचार यस्तो उपचार हो जुन घर मैं सजिलै उपलब्ध सामाग्रीहरुबाट तयार हुन्छ । जस्तो

ओखलढुंगा । दाताले दिएका स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा नपुगी स्टोरमै थन्किएका पाइएको छ । मोलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि उपलब्ध