Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार
New Zealand Mass Shooting

न्यूजिल्याण्डका मस्जिदमा सामुहिक गोली चलाइयो, ठूलो हताहती

१ चैत्र २०७५, शुक्रबार १०:४६


शुक्रबार मार्च १५ तारिखका दिन न्यूजिल्याण्डका २ भिन्न मस्जिद घरहरुमा भक्तजनहरुको समुहमाथि गोली चलाइएको छ । शुक्रबारको दिन मस्जिदमा जुम्मा पढ्न जाने भक्तजनहरुको घुँइचो हुन्छ र यहि घुँइचोमाथि निशाना बनाएर गोलीबारी गरिएको छ । न्यूजिल्याण्डका पुलिस कमिस्नर माइक बुशले आगामी सूचना नआउन्जेलसम्मका लागि सबैलाई घरभित्रै बस्न र चर्च नजान आग्रह गर्दै फेसबुकमा भिडियो पोष्ट गरेका छन् । घटनामा कतिजनाको मृत्यू भयो र हताहतका विवरण भनें आउन बाँकी छ ।

लल पेनेहा नामक प्रत्यक्षदर्शिले कालो लुगामा आएका हतियारधारीले भींडमा गोली बर्साएको बताएकी छिन भनी हफिगंटन पोष्टले लेखेको छ । मस्जिद अल नुर प्रार्थना गृहमा ति व्यक्ति प्रवेश गरेको प्रत्यक्षदर्शि ललले बताइन । मैले मृत मान्छेहरुको लाशमात्र सर्वत्र देखें, ललले एपीलाई बताइन ।
उक्त हतियारधारीले आफ्ना सहयोगीसंग मिलेर गोली चलाएको भिडियो लाइभ गरेको पनि बताइएको छ, हफिगंटन पोष्टले उक्त समाचार लेखेको भएपनि बन्दुकधारीको भिडियो स्ट्रीम भनें पाइएको छैन ।
न्यूजिल्याण्डमा यस घटनाको त्रासदि व्यापक रहेको बताइन्छ, यस घटनाको चौतर्फि विरोध भइरहेको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग