Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

सगरमाथामा बिलाएका आरोहीहरु, इतिहास कथा

२ चैत्र २०७५, शनिबार १०:००


सगरमाथा एउटा सपना हो जसको प्राप्तीकालागि बर्षेनी धेरैजना आरोहीहरु ज्यानको जोखिम मोलेर जानेगर्दछन् । सबैजनाको भाग्यमा चुचुरो अनि जीवनकहाँ हुन्छ र ? कतिजनाले त जीवन सगरमाथाको काखमा गुमाएका छन्, पातलो हावाले अक्सिजन साँचेको कहाँ कुन्छ र ? सानो गडबडिले पनि ठुलो जोखिम दिनेगर्दछ । फेरि मौसम कसका् हातमा हुन्छ र ?  मौसमको पासा पल्टेसँगै जीवनको लिला समापन भएका धेरै व्यक्तिहरुका लाश अझै पनि सगरमाथाका हिँउसँगै सलबलाईरहेका छन् । आउनुहोस आज त्यस्तै केही सगरमाथा समाधी पाएका विदेशी नाम अनि तिन्का पहिचान र तथ्यहरु बारे छलफल गरौ ।

तिनै मध्य एक नाम हो, बेलायती नागरीक सर जर्ज मेलारीको


जर्ज मेलारी एउटा अग्रगामी सगरमाथा आरोही हुन् । एडमन्ड हिलारी र तेन्जिगं नोर्गेले सन १९५३ मा आरोहण गरेको ईतिहास भएको सगरमाथामा त्यसभन्दा २९ वर्ष अगाडि जर्ज मेलोरी आरोहण गर्न सन् १९२४ मा पुगेका हुन् । दैव जानुन यिनले चुचुरो मा पाईला राखे या राखेनन तर १९२४ मा बेसक्याम्पवाट उक्लिएका मेलोरी त्यसपछि फर्किएनन् । इतिहास जित्नेकोमात्र लेखिन्छ, शायद मेलोरीले चुचरो टेकेर फर्किएका भए आज हामीमध्य धेरैले यिनलाई चिनेका हुन्थ्यौ होला ?

सन् १९२४ बाट लगभग ७५ बर्षसम्म मेलोरीको मृत शरीर सगरमाथाको हिँउसँगै रहिरह्यो तर सन् १९९९ मा एउटा आरोही दलले यिनको मृत शरीर फेला पारेर उनको परिवारलाई बुझाएको हो ।

सर्जि र फ्रयान्सी एरिस्टेभ


सर्जि र फ्रयान्सी एरिस्टेभ सगरमाथाले बिछोड गराएको एउटा प्रेमजोडि हुन् । अमेरिकी नागरीक यिनीहरुको मृत्यु आरोहणका क्रममा सन् १९९८ मा भएको हो । आरोहण गरेर फर्कने क्रममा यिनीहरु एकआपससँग छुटिएका हुन र श्रीमानलाई अर्का आरोहण दलले भेटाएतापनि श्रीमतीलाई खोजीछाड्ने यिन्को प्रयासका क्रममा हिँउको खाल्डोमा परेर श्रिमानको पनि दुख्खद मृत्यु भयो ।
श्रीमान सेर्जीको मृत शरीर भने एकबर्षपछि भेटियो तर श्रिमती फ्रयान्सी अझैपनि कतै हिँउहरु विचनै छिन् ।

हेनलोर सिमेच्स

३९ बर्षिय हेनलोर जर्मन आरोही हुन जो आरोहण गरेर फर्कने क्रममा सन् १७७९ मा सगरमाथामा विलिन भईन् । सगरमाथामा मृत्युवरण गर्ने पहिलो महिला आरोहीका रुपमा यिनीलाई चिनिन्छ । फर्कने क्रममा केही बेर शरीर थाकेर उभिएकी यिनी त्यसठाँउवाट अगाडि बढिनन्, यिनको जीवन त्यही हिँउको थुप्रोविच समापन भयो ।

छेवागं पालिजोर


यिनलाई अहिलेपनि आरोहीहरुले हरियो जुत्ताका नामले चिन्दछन् । आरोहणका क्रममा हरियो बुट लगाएर चढेका यिनी कहिले फर्किएनन् । भारतीय आरोही छेवागंको मृत्यू सन् १९९६ मा सगरमाथामा भएको भीषण हिँउको चलायमानका कारणले भएको हो । त्यस वर्ष यिनी लगायत अन्य धेरै आरोहीहरुको मृत्यु भएको थियो ।

मार्को लाईटेनकर


स्लोभाकियन आरोही मार्को सन् १९५९ मा जन्मिएका हुन् । सगरमाथा आरोहण क्रममा सन् २००५ मा यिनले मृत्युवरण गरे । यिनको शरीर अझै पनि ८००० फिट माथी रहेको विश्वास गरिन्छ । अन्य आरोहीहरुका अनुसार यिनको अक्सिजन उपकरणमा गडबडी भएको पाइएको थियो ।

डेभिड शार्प


सगरमाथा आरोहीहरुको मृत्यू मध्य सबैभन्दा बिवादीत मृत्यु यिनै बेलायती आरोही डेघिड शार्पको सन् २००६ मा भएको मृत्युलाई मानिन्छ । आरोहणका क्रममा छेवागंको हरियो जुत्ता भएको लाश नजिकै बिसाएका डेभिड त्यही मर्न पुगे । अन्य ३० जना आरोहीहरु त्यही बाटोभएर डेभिडलाई देखेर अनि केहीले त कुरा सम्म गरेर उकालो लागेका थिए । केहीबेरमा डेभिडको मृत्यु भयो । आखिर किन कुनैपनि आरोहीले डेभिडलाई सहयोग गर्न चाहेनन ? या डेभिड सहयोग गर्नुपर्ने अवस्थामै थिएनन् , बिवादित छ ।

सगरमाथा पक्कै एउटा सपना हो, जोखिम सहन गर्ने व्यक्तिहरुमा नै जीवन बाँच्ने कला रहेको हुन्छ । सगरमाथामा रहेका शरीरहरु हटाउन पर्ने अभियानको थालनी पनि भएको छ तथापि यो कार्य एकदमै जोखिमयूक्त र महँगो भएकाले गर्न सकिएको छैन् । सगरमाथाको पातलो हावामा आराम गरिरहेका सम्पूर्ण आरोहीहरुलाई श्रद्धासुमन । यसवर्षको आरोहण समय शुरु हुने बेला भएको छ । सबै आरोहीहरुलाई यस वर्ष र आँउदा वर्षहरुमा मौसमले साथ दिओस् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग