ट्रिब्युट टु मेगास्टार राजेश हमाल


राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता राजेश हमाललाई ’ट्रिब्युट’ गर्ने जानकारी गराइएको छ । साधना कला केन्द्रले एक पत्रकार सम्मेलनको आयोजना गर्दै ’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ गर्न लागिएको जनाएको हो । साधन कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी होस् भनेर जमर्को गरेको बताए । घोषणा कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायक राजेश पायल राई, यम बराल, रवी ओड लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अभिनेता हमालको हिट डायलग र गीतको केहि क्लिप्सलाई देखाइएको थियो । आउँदो वर्ष २०७६ को जेठ महिनामा कार्यक्रमको आयोजना हुने बताइएता पनि डेट भने फिक्स नभईसकेको जनाइयो ।

अभिनेता हमालको फिल्मी यात्रामा धेरै नै व्यक्तित्व जोडिएको हुनाले उहाँहरुसँगको छलफलपछी एउटा डेट फाइनल गरिने अध्यक्ष मोक्तानले बताए । अन्य देशमा गरिने सम्मान देखेर आफ्नो देशका अग्रज कलाकारलाई ट्रिब्युट गर्ने आइडिया फुरेको पनि उनले बताए । राजेशले पनि विभिन्न भेटघाटपछी उदेश्य नेक लागेर नै आफुले अनुमति दिएको बताए । कार्यक्रममा उपस्थित शम्भुजित बास्कोटा , राजेश पायल राई , यम बराल र रवी ओडले पनि यस कार्यको तारिफ गर्दै सफलताको शुभकमन दिए । कार्यक्रमलाई साधना कला केन्द्र र लाइभ नेपालले संयुक्त रुपमा गर्नेछन् । कार्यक्रममा राजेशका हिट गीतहरुका गायक , उनको को(स्टारलाई ट्रिब्युटमा उपस्थित गराउने तयारी भइरहेको आयोजक संस्थाका सदस्य दसरथले बताए ।

राजेश हमाल “मैले पनि पहिलो प्रश्न म नै किन ? भनेर सोधेको थिए तर उहाँहरुको उद्देश्य नेक लागेर हुन्छ भनेको हुँ । एउटा राम्रो कार्यको थालनी मबाट हुन्छ भने किन नगर्ने भनेर सहमत भएको हुँ । म धन्यवाद पनि दिन चाहन्छु कि पहिलो रोजाईमा म परे । यसले एउटा परम्पराको थालनी गरेको छ । यसपछिका दिनमा पनि यसै गरि सर्जकलाई सम्मान गर्न सक्नु होस् भन्ने शुभकामना छ । म खुसि छु । फिल्मी यात्राले दिलाउने सम्मान र दर्शकको माया नै हाम्रो उर्जा हो ।”

शम्भुजित बास्कोटा “राजेश ट्रिब्युटको हकदार छ । किनकी उसेल आफ्नो जीवनको सुरुवाती पल देखि नै फिल्मनगरीमा आफुलाई समर्पित गरेको छ । युग देखि युग सम्म मार्फत सुरु भएको यात्रामा उसले आफुलाई निरन्तर कर्मक्षेत्रमै ब्यस्त बनाएको छ । राजेश एक यस्ता कलाकार हुन् जसको नामनै पहिचान हो , उनलाई चिनाउनु पर्दैन चाहे त्यो जुनै उमेर समुहका हुन् । यहाँ राजेशलाई ट्रिब्युट गर्ने कार्यक्रमको घोषणा समारोहमा उपस्थित भएर शुभकामना दिन पाउँदा निकै खुसि छु । समय मिलाएर मैले राजेशको लागि गरेको संगीत र गीतलाई ट्रिब्युटमा प्रस्तुत गर्नेछु ।”

राजेश पायल राई “निकै खुसि लागेको छ, मेरो प्यारो नायक मितज्यु राजेश हमाललाई ट्रिब्युट गरिदै छ । यसको थालनी अगाडी बाटै हुनुपर्थ्यो । हामीले यसनगरीबाट पाउने सम्मान वा दर्शकको माया नै हो, जो हाम्रो उर्जा हुन् । फेरी राजेश हमाल कलानगरीको एउटा अमुल्य सम्पति हुन् । म आफै पनि उहासँग व्यक्तिगत रुपमा निकै नजिक छु त्यसैले मात्र खुसि छैन किनकी साचै नै उहालाई हामीले पनि केहि दिने बेला आएको छ । म उहासँग धेरै राष्ट्रमा सगै कार्यक्रम गर्न पुगेको छु, उहालाई देख्दा मात्र पनि विदेशीले पनि जिज्ञाशु हुने गर्छन कि उहा साधारण मान्छे मात्र हौइन भनेर । उहाको फिल्मको लागि मैले पनि गीत गाउने मौका पाएको छु, उक्त गीतसंगीतलाई म पनि प्रस्तुत गर्नेछु ।”

रवी ओड “आज यो स्टेजमा सँगै बसेर बोल्न पाउनु नै मेरो भाग्य हो । मैले यो सोचेको पनि थिइन्, जसलाई हेर्दै हुर्किए आज उहाकै बारेमा बोल्न पाएको छु । मैले उहाको लागि गीत गाउने मौका त पाएको छैन तर ट्रिब्युटमा केहि नकेही अवस्य प्रस्तुत गर्नेछु । मेरो सांगीतिक यात्रामा राजेश सरको पनि अप्रत्यक्ष सहयोग रहेको छ । उहाले अभिनय गर्नु भएका गीतहरु गाउँदै हुर्किए र प्राक्टिस पनि गरे ।”

मिलन मोक्तान “विदेशमा ट्रिब्युट गर्ने गरिन्छ तर हामी कहाँ यस्तो चलन छैन , त्यसैले पनि यसको थालनी गर्ने सुरुवात गरेका हौ । हामीले जसरि राजेश जीलाई प्रस्ताव गर्यौ , उहाको सल्लाह र सुझावले झनै हौसिएका छौ । उहाको कलाकारिताको त अब कुरा नै गर्न पर्दैन किनकी सबै उहा बारे विज्ञ नै हुनहुन्छ । तर उहाले यस क्षेत्रको लागि खर्चेको समय साचै तारिफ योग्य छ । उहाको सम्मानमा हामीले गर्न लागेको यो कार्यक्रम एउटा सानो अंश मात्र हो । राजेश हमाललाई हामीले ट्रिब्युट गर्न पाउनु हाम्रो लागि ठुलो अवसर हो ।”


Loading comments...