तपाइको बच्चाको खुशी जरुरी या उनिहरुको परिक्षाफल


बालबच्चाहरु हाम्रा आशाहरु हुन अनि सपनाका वाहक पनि, उनिहरुको राम्रो पढाई पक्कै पनि हाम्रो सरोकार र दायित्वको बिषय हो र यस्का साथसाथै हामी उनिहरुको खुशी र हाँसोप्रति कत्तिको चासो राखेका छौं यो बारे पनि विचार गर्नुपर्ने समय भएको छ । कतै पढाई र परिक्षाफलको अतिरिक्त प्रेसर र बोझले गर्दा हामीले हाम्रो बालबालिकाको सुमधुर बालपन हामीले खोसीरहेका त छैनौ? सबै बच्चाहरु खुशी नहुन पनि सक्छन अनि सबै खुशी बच्चाहरु राम्रो रिजल्ट ल्याउन सक्षम नहुन पनि सक्छन ।

संयुक्त अधिराज्यको लोकप्रिय पत्रिका गार्जियनको सन् २०१८ को सेप्टेम्वर मा जारी शुक्रवारे परिशिष्टाङ्कमा यहि बिषयमा निकालिएको एउटा अध्ययन आज हामी लाइभमाण्डु मार्फत प्रस्तुत गर्न जाँदैछौ । यस अध्ययन एजुकेसनल च्यारिटी टिएलजी नामक सस्थाको सहजीकरणमा भएको थियो ।

suyog dhakal
लेखकः सुयोग ढकाल

बालबालिका वास्तवमा अभिभावकको सम्पती हैनन बरु एउटा दायित्व हुन जस्लाई अभिभावकले राम्रो प्रकारले निभाउन जरुरी छ । उनिहरुलाई सहज वातावरणमा जीवनको सरलता सिकाउन जरुरी भएकोमा कतै हामीले उनिहरुलाई अकं गणीतको गुजुल्टो भित्र अनि प्रतिस्पर्धाको असहज चक्रब्यूभित्र मात्र कैद गरेर त राखेका छैनौ?

पूर्वी लण्डनमा गरिएको एउटा अध्ययनमा हजारौँ अभिभावकहरुसँग प्रश्नोक्तर गरिएको थियो, उक्त अध्यनको नतिजामा वास्तवमै अधिकांश अभिभावकहरु आफ्ना बालबालिकाहरुको खुशीभन्दा पढाईको परिक्षाफलमा धेरै केन्द्रित रहेको पाइएको छ । कक्षाकोठा भित्रको प्राप्ती बढी जरुरी हो या खुल्ला समाजमा उन्मुक्त हाँसोका साथ विचरण गर्न सक्नु बढी जरुरी या दुबै कुरा ? सोचनीय बिषय छ ।

५२ प्रतिशत अभिभावकले आफ्ना बच्चाको शैक्षिक परिक्षाफल बढी महत्वपूर्ण भएको बताएका थिए, उनिहरुका अनुसार आफ्ना बालबालिका विस्तारै हुर्कदै जादा उमेर अनुसार पढाइभने खस्कदैगएको बताए । उनिहरुकै उमेरका अन्य साथीहरुको तुलनामा उनिहरुको पढाईको स्तर एकदमै न्यून रहेको गुनासो ब्यक्त गर्दे अभिभावकहरुले केवल पढाई र अकंकै आधारमा बालबालिकालाई तुलना गरेको पाइयो । यस्ता प्रतिस्पर्धाका कारण बालबालिकाहरुबिचमा अत्याधिक दवाव अनि तनाव रहेको अनि परीक्षाको हाउगुजी बालबालिकामा अत्याधिक धेरै रहनगएको पनि अध्यनले देखाएको छ ।

अर्कोतर्फ के पढाई र विधालय भनेको परीक्षाको पूर्णाङ्क भरिनेगरि अकं ल्याउनुमात्र हो ? भन्ने प्रश्न पनि उठाएको छ । अकं र परीक्षामा आधारित शिक्षण पद्धतीले बालबालिकालाको सञ्चार क्षमता, खुशी हुन सक्ने क्षमता, मानवता र मित्रता, समस्या समाधानगर्न सक्ने क्षमता, आत्मविश्वाश अनि आपसी सदभाव जस्ता कुराहरुलाई भने उत्ति महत्व दिएको पाइदैन । नेपालमा वेलायतको जस्तो बालबालिका र शैक्षिक पद्धतीमा आधारित अध्ययन कमैमात्र हुन्छ तथापि बेलायतमा भएको यो सर्वेक्षणले संसारका सम्पूर्ण अभिभावकहरुमा एउटा चेतना भने उजागर गरेको छ । पढाई एकदमै राम्रो हुनुपर्दछ, यो निर्विकल्प सत्य होला तर यस्का साथै अन्य मानविय गुणहरुपनि उतिनै महत्वपूर्ण छ । राम्रो अंक ल्याएको भएतापनि नयाँ रुपमा सोचेर आविष्कारगर्न नसक्ने, समबन्ध राम्रो बनाउन नसक्ने, हाँस्न नजान्ने अनि समाजमा घुलमिल हुननसक्ने भावीपुस्ताले कत्तिको विकासमा टेवा पुर्याउन सक्नेछन ? गहन बिषय छ है ।

हाम्रा अभिभावकहरुले बिद्यालय भनेपछी आफ्नो छोराछोरीले कस्तो प्रतिक्रिया दिन्छन भनेर विचार गर्ने बेला आएको छ । बिद्यालय वास्तवमा प्रस्पिर्धागर्ने थलो नभई सदभाव, समानता अनि मित्रताको केन्द्रपनि हुन जरुरी छ जहाँ जादा हाम्रा बालबालिकाहरुले रमाइलो मानुन । यदि त्यसो नभई बालबालिका केवल एउटा शैक्षिक कारागार जस्तोमात्र छ भने हामीले बिधालय अनि पढाईकानाममा आफ्ना बालबालिकालाई सजाय दिइरहेका छौँ ।

बेलायतमा भएको यो अध्ययनमा केवल ३ प्रतिशत अभिभावकले मात्र आफ्ना बालबालिकाको ब्यवहार र बानीमा आएको परिवर्तनलाई आधार मानेर प्राथमिकतामा राख्ने जानकारी दिए, जबकि बालबालिकाले लिएका र सिकेका आनीवानीहरुनै उनीहरुको भविष्यको आधार हो । बालबालिकालाई समूहमा घुलमिलहुन सक्ने र मुख्यतया जित्न लालसी भन्दा पनि हारलाई पनि सहज स्वीकारगर्दे निरन्तर प्रयास गरिरहने वानीको विकास गराउन जरुरी छ तथापि यस्ता कुराहलाई हाम्रा शिक्षकहरु र शैक्षिक पद्धतीले कत्तिको न्याय दिएका छन ? सोच्ने समय भएको छ ।

हरेक बालबालिकाको आफ्नै क्षमता र सीमा हुन्छन र त्यस्लाई बुझेरमात्र उनिहरुलाई दवाब दिनुपर्दछ । नत्र धेरै तन्काएको खण्डमा रबर पनि चुँडिएको हामीले देखेका छौ । बालबालिका वास्तवमा अभिभावकको सम्पती हैनन बरु एउटा दायित्व हुन जस्लाई अभिभावकले राम्रो प्रकारले निभाउन जरुरी छ । उनिहरुलाई सहज वातावरणमा जीवनको सरलता सिकाउन जरुरी भएकोमा कतै हामीले उनिहरुलाई अकं गणीतको गुजुल्टो भित्र अनि प्रतिस्पर्धाको असहज चक्रब्यूभित्र मात्र कैद गरेर त राखेका छैनौ?

हामीले एउटा अत्यन्त राम्रो पढाइभएको अभुतपूर्व दिमागभएको ब्यक्ति चाहेका हौँ या एउटा सामाजिक अनि सकारात्मक ब्यक्ति जस्ले समूहमा बसेर सकारात्मक रुपले समस्याको धैर्यतापूर्वक समाधानपनि गर्न सक्दछ, त्यस्तो ब्यक्ति चाहेका हौं? अझ नेपाली परिवेशमा त झन अभिभावकहरुलाई केही विशेष पेशासँग ज्यादै मोह छ, सबैलाई आफ्ना छोराछोरीलाई बच्चैदेखि डाक्टर, इन्जिनियर, पाइलट या वकिल बनाउन तैयार गर्न छ र यो बालबच्चाको भविष्य जबरजस्ती सेट गरिदिने दौडमा हामीले कतै उनिहरुको अन्य मानविय गुणहरुमाथी अन्याय त गरिरहेका छैनौ ?

सफल र असल विचको परिभाषा सिकाउँदै राम्रो अंक अनि परिक्षाफलका साथै सहयोगी, मिलनसार र मुस्कानको महत्व पनि सिकाउन सकौँ, बालबालिकाको खुशीको पहिचान गर्दै यो आउँदै गरेको दशै विदामा बालबालिकालाई केही थान मुस्कान अनि जीवनको सरल गुणहरु सिकाउन सकौँ, शुभकामना !


Loading comments...