
सञ्जय दत्त चुनाव लड्दै
३ चैत्र २०७५, आईतवार १७:३५
भारतीय अभिनेता सञ्जय दत्त लोकसभा चुनाव लड्ने भएका छन्छ । ५९ वर्षिय सञ्जय आउने निर्वाचनमा चुनाव लड्ने बताइएको छ ।
मिडिया रिर्पोटका अनुसार सञ्जयले उत्तर प्रदेशको गाजियाबाद विधान सभामा चुनाव लड्न सक्छन् । तर यो पुष्टि भने भइसकेको छैन । आजतकका अनुसार उनीलाई एसपी वा बीएसपी जुनकुनै पार्टीले पनि पार्टीमा सहभागी बनाउने सम्भावना रहेको छ ।
यसअघि २०१३ मा फिल्म सुटिङका क्रममा सञ्जयले राजनीतिक दुनियाँ विल्कुलै फरक रहेको प्रतिक्रिया दिएका थिए । सञ्जय त्यो भन्दा पहिले समाजवादी पार्टीमा आवद्ध थिए ।
सञ्जयका पिता सुनील कांग्रेस सांसद हुनुका साथै खेलमन्त्री पनि बनेका थिए भने उनकी दिदि प्रिया दत्त लोकसभा सांसद भइसकेकी छिन् । उनलाई कांग्रेसले नै टिकट दिएको थियो । आमा नगरिस पनि १९८० मा राज्यसभाका लागि चुनिएकि थिइन् । -एजेन्सी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले
काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको
नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता
काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक