Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

आशा भोषलेको आवाजमा “सिमसिम पानी” सार्वजनिक

४ चैत्र २०७५, सोमबार ०७:२४


बोधी एचडी तथा 8848 मिडियाको डिजिटल माध्यमबाट विश्वव्यापि प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘तुलसी’को शिर्षक गीत ‘सिम सिम पानी’ (‘सिम सिमे छपै छपै सिम सिम पानी’) बोलको गीत आज यू ट्युबमा सार्वजनिक भएको छ । गीतमा बलिउडकी सदाबहार गायिका आशा भोषलेको स्वर रहेको छ ।

बरिष्ठ चलचित्र तथा नृत्य निर्देशक राजु साहको कोरीयोग्राफी रहेको यो गीतमा आशा भोसले – भ्वाईस अफ वलिवुडले स्वर दिएकी छिन भने बरिष्ठ सङ्गीतकार रञ्जीत गजमेरले सङ्गीत भरेका छन । मिजास ईन्टरटेनमेन्ट एण्ड मिडीया प्रा. लि.को ब्यानरमा चलचित्रको शंकर घिमिरेको निर्माण तथा निर्देशन एवं ऋचा घिमिरेको प्रस्तुति रहेको छ भने ।

गीतलाई कास्कीको धम्पुसमा स्थानीय बाल बालिकाहरुका साथ अभिनेत्री ऋचा घिमिरेको प्रस्तुति रहेको यो गीत गीत सबै उमेरका दर्शकहरुले मन पराउने छन् । चलचित्रको अघिल्लो गीत झैँ मन पराईदिने कुरामा विश्वस्त छौं चलचित्रका निर्माता तथा निर्देशक शंकर घिमिरेले बताउनुभयो । स्मरण रहोस ‘मेलाको रम झम’ बोल रहेको ‘तुलसी’ को अघिल्लो गीतलाई लाखौ दर्शकहरुले यूट्युबमा हेरीसकेका छन् |

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको