
डण्डीफोर कसरी आउछ? यसको उपचार कसरी गर्ने ?
९ चैत्र २०७५, शनिबार ११:११
१. डण्डीफोर(Acne ) कसरी आउछ?
– (पोष्टको चित्र हेर्नुहोस) पहिलो रौँ को जरा स्वस्थ जरा (hair follicle) हो l बाहिरी छाला र जराको बीच भाग तिर ग्रन्थि हुन्छ (चित्रमा पहेंलो) जसलाई sebaceous gland भनिन्छ l उक्त ग्रन्थिले चिल्लो पदार्थ (sebum) उत्पादन गर्छ l उक्त पदार्थ रौँ को वरिपरी हुँदै सानो प्वालबाट बाहिर निस्किएर हाम्रो छालालाई चिल्लो बनाउछ l Hair follicle बाट sebum मात्र नभई छालाको मृत कोष (keratin) पनि निस्किने गर्छ l काँचुली फेरे झैँ हाम्रो छाला (epidermis layer = चित्रको निलो भाग) ले निरन्तर कोषहरु फेरिरहने गर्छ l (चित्रको दोश्रो रौँ को जरा हेर्नुहोस) यदि कुनै कारण रौँ निस्कने सानो प्वाल जाम हुन जान्छ तब नियमित रुपमा hair follicle बाट बाहिर निस्कने sebum (चिल्लो पदार्थ) र keratin भित्रै अड्किन्छ अनि acne (डण्डीफोर) बन्दछ l धेरैमा शरीरको हर्मोन (androgen hormone) को कारण चिल्लो पदार्थ उत्पादन गर्ने ग्रन्थि (sebaceous gland) ले चाहिने भन्दा धेरै sebum उत्पादन गरिदिन्छ जसले गर्दा धेरै acne एकै पटक आउने गर्छ l समस्या अझ बल्झिन जब छालामा सामान्य रुपमा भइराख्ने bacteria (propioni bacteria) hair follicle भित्र छिर्छ र फैलन थाल्छ l उक्त bacteria भित्र अड्किएर बसेको sebum मा निकै छिटो हुर्कने गर्दछ l (चित्रको तेस्रो रौँ को जरा हेर्नुहोस) शरीर भित्र यसरी जिबाणु हुर्कन थाले पछि शरीरको प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ र प्रतिरक्षा प्रणालीका कोषहरु (immune cells) acne भित्र छिर्न थाल्छन अनि acne झन् ठुलो हुँदै जान्छ l यो प्रक्रिया झन् जटिल हुन्छ जब हामीले acne (pimple) जथाभाबी निचोरेर फोर्न थाल्छौं र भित्रको संरचना बदलिदिन्छौं l यसरी acne/pimple निचोर्दा भित्रको sebum बाहिरी हावामा exposed हुँदा oxidation को माध्यम द्वारा सतहमा कालो धब्बा बन्न थाल्छ जसलाई black head भनिन्छ ।
२. डण्डीफोर आउन नदिन के गर्ने ?
– Acne को समस्या सबैमा हुँदैन l जसमा हुन्छ उसमा रोक्ने कुनै उपाय हुँदैन तर धेरैमा आँफै हराएर जान्छ l शरीरको हर्मोनको कारण वा छालाको आफ्नै समस्या/बनावट (hyperkeratonosis) को कारण acne हुने हरुको जटिल हुन (flare-up) बाट बचाउनु बाहेक अन्य उपाय हुँदैन ।
३. डण्डीफोर को उपचार कसरी गर्ने ?
– Acne भै राख्नेले दुई मुख्य कुरामा ध्यान दिनु पर्छ l पहिलो: छालाको प्वाल (skin pore) जहाँबाट रौँ निस्कन्छ उक्त भाग जाम हुन नदिने l दोश्रो: छालामा भएको जिबाणु hair follicle भित्र पस्न नदिने । यसको लागि acne आउने छालाको भाग सदैब सफा राख्नु पर्छ ।
— दिनहु जसो गर्नु पर्ने कुरा: मनतातो पानीले छाला/अनुहार सफा गर्ने वा तातो पानीको बाफ लिने, त्यसपछि benzoyl peroxide वा salicylic acid वा alpha-hydroxy acid (lactic acid/mandolic acid/glycolic acid) ले सफा गर्ने l (यो acid नामले नझुक्कीनुहोस; पोल्ने acid होइन) यी सबै औषधि फार्मेसीमा वा कस्मेटिक पसलमा पाइन्छ l Benzoyl peroxide ले acne बनाउने bacteria मार्ने गर्छ l Alpha-hydroxy acid र Salicylic acid ले dead cell (keratin) छिटो हटाउने गर्छ जसले गर्दा skin pore जाम हुन पाउदैन अनि नयाँ र सफा कोष निर्माण हुन थाल्छl यी माथिका औसधिहरु बिभिन्न lotion, moisturizer, cleanser, sunscreen आदिमा मिसाइएको हुन्छ l अर्को पटक उक्त कुराहरु किन्दा ध्यान दिनुस l कसै कसैलाई (धेरै कमलाई) माथि भनिएको औषधिले छालामा झन् नकारात्मक असर (irritation) गर्न सक्छ l यस्तो अवस्थामा Sulfur को प्रयोग गर्न सकिन्छ जुन lotion/foam मा पाईन्छ।
– माथि भनिएको औषधिहरु केहि घण्टा प्रयोग गरेपछि फेरी मन तातो पानीले सफा गर्ने, अन्तिममा चिसो पानीले पखाल्ने र moisturizer लगाउने ।
– बारम्बार acne ले सताउनेहरुको लागि अर्को acne flare up हुन नदिन सबैभन्दा सुरक्षित र सबैभन्दा उपयोगी #३ मा लेखिएको उपाय हो l #३ मा लेखिएको औषधिहरुमा acid लेखिए पनि ति हामीले सुन्दै आएको पोल्ने खालको acid होइनन l
४. औषधि नपाए घरमै कसरी बनाउने?
– घरमा बनाउदा मुख तीन कुरामा ध्यान दिनु पर्छ: रौँको जरामा केहि पनि जम्न नदिने, जिबाणु फैलन नदिने र छालालाई मुलायम राखिरहने l घरमा बनाउने मिश्रण माथि भनिएको जस्तो औषधिले जस्तो राम्रोसंग काम नगर्न सक्छ ।
— कागती + मह; apple sauce (स्याउ पकाएको लेदो) + चिनी + olive oil; काँचो अण्डाको सेतो भाग + नून; vinegar + coffee + मकैको पिठो; मेवा+ powder दुध + नून; जौंको पिठो + कागती + चिनी; काँचो अण्डाको सेतो भाग + मकैको पिठो + चिनी; baking soda + coffee; दहि + जौंको पिठो; दहि + मकैको पिठो
– यदि acne आइसकेको भए वा flare-up भैसकेको भए माथि भनिएको मिश्रण संगै aspirin (टाउको दुखेको बेलामा खाने औषधि), toothpaste आदि मिसाएको लेपन लगाउदा पनि हुन्छ ।
– याद गर्नुस हामी सबैको छाला एकै किसिमको हुँदैन र माथि भनिएको चिजहरुले कसै कसैको छालामा झन् असर गर्न पनि सक्छ । निकै धेरै trial-error गर्नु पर्ने हुन्छ सहि मिश्रण पत्ता लगाउनको लागि ।
– यो सबै प्रयोग गर्नु अगाडी तातो पानीले अनुहार (छाला) सफा गर्ने वा तातो बाफ लिने, मिश्रण लगाएर पुन तातो पानीले पखाल्ने र अन्तिममा चिसो पानीले पखाल्ने l
५. मेरो डण्डीफोर बिग्रिएर अनुहारको छाला नै बिगर्ला जस्तो भयो l कुनै उपाय लागेन अब के गर्ने?
– माथि #३ मा भनिएको औषधि प्रयोग गर्दा पनि कुनै उपाय लागेन भने छाला सम्बन्धि डाक्टर (dermatologist) को मा जानु पर्छ । डाक्टरले निम्न औषधि दिन्छन:
– डाक्टरले सुरुमा छालामा लगाउने Tretinon, Isotretinoin (यसले भ्रूणलाई जोखिममा पार्छ त्यसैले त्यति धेरैलाई दिईदैन), Adapalene, Taxarotene औषधि वा यी संगै मिसिएको अन्य औषधि दिन्छन l यी औषधि Vitamin A संग मिल्दो जुल्दो हुन्छ ।
– यसपछि छालामा लगाउने antibiotic जस्तै Clindamycin, Erythromycin, Daptomycin वा यी संगै मिसिएको अन्य औषधि दिइन्छ ।
– लगाउने antibiotic ले पनि भएन भने खाने antibiotic १-३ हप्ताको लागि Doxycycline, Tetracycine, Minocycline, Trimethoprim/sulfamethoxazole, Clindamycin दिइन्छ।
– कुनै उपाय नलागे (महिलाहरुमा) birthcontrol हर्मन को पनि प्रयोग गरिन्छ। हात गोडा सुन्निन नदिने औषधि वा रक्तचाप कम गर्ने औषधि Spironolactone को पनि प्रयोग गरिन्छ l यो औषधिले भ्रूणलाई जोखिम दिने हुनाले बच्चा पाउने उमेरकाले यो औषधि प्रयोग गर्दा ध्यान दिनु पर्ने हुन्छ ।
६. Acne(डण्डीफोर) को कालो धब्बा (black head) कसरी हटाउने?
– यसको लागि #४ मा भनेको जस्तै बाक्लो मिश्रण बनाएर लगाउने (कागती र vinegar बाहेक); त्यसमाथि napkin paper को एक पातलो पत्र छुट्याएर माथि बाट राख्ने; १-२ घण्टा कक्रक्क परेर सुक्न दिने अनि बिस्तारै निकाल्ने । यसो गर्दा पनि भएन भने सोहि मिश्रणमा कागज जमाउने गम मिसाउने र लगाउने । गम + activated charcoal को पातलो लेपन लगाउने र सुकेपछि निकाल्ने l याद गर्नुस उक्त गम छालालाई हानी नहुने खालको वा बच्चा बच्चीले चलाउन हुने खालको हुनु पर्दछ ।
७. Acne ले गर्दा मेरो गालाभरी प्वाल (खाल्डो) छ l यो प्वाल पुर्न के गर्नु पर्छ ?
– यसरी acne बाट भएको खाल्डो पुर्ने स्थायी उपाय छैन। छालाको डाक्टर (dermatologist) को मा गएर इंजेक्शनद्वारा केहि औषधिहरु उक्त खाल्डो भर्न सकिन्छ जुन केहि महिना देखि केहि साल सम्म काम गर्न सक्छ । लगाउने औषधिमा hyaluronic acid दिनहु वा हप्ताको २-३ दिन लगाउदा खाल्डो हल्का पुरिएको जस्तो देखिन्छ ।
डा. कल्याण सुवेदीका अन्य स्वस्थ सम्बन्धि लेखहरु
- डाक्टर कल्याणले स्वस्थ सम्बन्धि समस्या समाधानको बारेको बारेमा बनाउनु भएको भिडियो हेर्न यहा क्लिक गर्नुहोस हेर्न सक्नु हुन्छ
- के तपाइँलाइ बारम्बार अचानक आवस्यक भन्दा ज्यादा रिसाउने, सन्कने, उत्तेजित हुने बानी छ ? यस्तो छ समाधानका उपाय
- महिला र पुरुषमा हुने यौन समस्या र समाधानका उपायहरु -डा. कल्याण सुबेदी
- डिप्रेसन के हो र यसबाट कसरि बच्ने ? -डा. कल्याण सुबेदी
- What are the reasons behind sudden death of young people in abroad?
- What is depression? What are the symptoms of Major Depressive Disorder?
- चुरोटको लत लाग्ने समस्या के हो ? र कसरी चुरोट सजिलै छाड्ने
- ग्यास्ट्रिक के हो ? यस्ता छन समाधानको उपाय
- मानसिक समस्या भनेको के हो? यसबाट कसरी बच्ने
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान