प्रत्येक नेपाली कामदारको वास्तविक कथा ‘खाडी देशमा’, सबैले एक पटक हेर्नैपर्ने


गायक प्रदीप भट्टराईको ‘खाडी देशमा’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गणेश चौधरीले अरेन्ज गर्नुभएको उक्त गीतमा संगीत प्रदीपले स्वयं दिनुभएको हो भने र शब्द नारायण प्रसाद निरौला र प्रदीप भट्टराईले साथमा लेख्नुभएको हो । दुई दशकको साङ्गीतिक अनुभव सँगालेका भट्टराईले यसअघि सफलतापूर्वक दुईवटा एल्बम बजारमा ल्याइसकेका छन् ।

नायक गौरव पहारी तथा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको उक्त गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, साजन माझी तथा पूर्णिमा मगरको पनि अभिनय रहेको छ ।

क्रान्ति के.सी. को निर्देशनमा बनेको सो म्युजिक भिडियोमा आर्थिक अवस्थाले पिरोलिएर विदेशीनुपर्ने लाखौँ नेपालीहरुको कथालाई प्रस्तुत गरिएको छ । मुख्य पात्रका रुपमा रहेका गौरव पहारी र शिल्पा पोखरेलले उत्कृष्ट अभिनयको माध्यमले वैदेशिक रोजगारका लागि बाहिरीनु परेपछिको वेदना र परिवारसँगको बिछोडको मर्मस्पर्शी प्रसङ्गलाई भावनात्मक ढङ्गले भिडियोमा अभिव्यक्त गरेका छन् ।

नेपालको समसामयिक प्रसङ्गलाई सुन्दर ढंगले आफ्ना गीतहरुमा समेट्न सफल गायक प्रदीप भट्टराईले प्रत्येक नेपालीको पीडालाई आत्मसाथ गर्दै त्यसलाई आफ्नो कला मार्फत प्रस्तुत गरेको देख्न पाइन्छ ।

ओ.एस.आर. डिजिटलले वितरण गरेको ‘खाडी देशमा’ को म्युजिक भिडियो हाल युट्युबमा करिब ३ लाख पटक हेरिएको छ ।

भिडियो हेर्नुहोस्ः


Loading comments...