चर्चित हास्य अभिनेता राजपाल यादव जेलबाट रिहा


चर्चित हास्य अभिनेता राजपाल यादव जेलबाट रिहा भएका छन् । नोभेम्बर २०१८ मा कम्पनीको ऋण चुक्ता नगरेर जेल गएका राजपाल रिहा भएका हुन् । उनलाई कम्पनीको ऋण चुक्ता नगरेको दोषी ठहर गर्दै तीन महिनाको जेल सजाय दिएको थियो ।

उनले कम्पनीबाट ५ करोड रुपैयाँ फिल्मको लागी ऋण लिएका थिए ।उनले पुःन फिल्ममै फर्कने कुरा बताका छन् । उनले फिल्म टाइम टू डान्सको सुटिंग सुरु गर्ने कुरा बताएका छन् उक्त फिल्मको केहि भागको मात्र सुटिंग हुन बाकि छ । यसका अलाभा ‘जाको राखे साइयां’को पनि बाकि सुटिंग सिध्याउने बताएका छन ।


Loading comments...