Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार
Sleeping baby

सुत्ने बेलामा भुलेर पनि नगर्नुस् यी ८ काम !

१५ चैत्र २०७५, शुक्रबार १९:२१


सुत्ने कोठा हाम्रो जीवनको महत्वपूर्ण स्थल हो । यहाँ हामीले दिनको २४ घण्टा मध्ये कम्तिमा ६ घण्टा भन्दा बढि नै विताउँछौं । तर यी सुत्ने कोठामा विभिन्न गलत काम गर्दा हामीलाई सुत्न समस्या हुन्छ । यहाँ सुत्ने समयमा गर्न नहुने ८ कामको चर्चा गरिएको छ ।

१. सुत्ने बेलामा धुम्रपान गर्ने बानी छ भने आजै देखि छोड्नुस् । यसले तपाइलाई निद्रा नलाग्ने समस्या हुन सक्छ ।

२. सुत्ने समयमा रक्सी पिउने आदत छ भने पनि खराव हो । यसले तपाइँको निद्रा खराव हुन्छ र विहान पनि ह्याङओभरको समस्या हुन्छ ।

३. अनिद्राको कारण हाम्रो चिया कफीमा पाइने क्याफिन पनि हो । सुत्ने बेलामा कफी वा चिया खाने बानी छ भने आजै देखि छोड्नुस् ।

४. गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन । सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो ।

५ .सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ । यसले तपाइँको निद्रा विथोलिदिन्छ ।

६. सुत्नु अघि तरल पदार्थको सेवन पनि नराम्रो मानिन्छ । यसले तपाइँलाई बारम्बार बाथरुम जानु पर्छ र निद्रा विथोलिन्छ ।

७. विहान ढिलो उठ्नु छ भन्दैमा राति सम्म टिभी हेरेर बस्ने बानी पनि खराव छ । यसले स्वास्थ्य र निद्रा दुवैमा प्रतिकुल असर गर्छ ।

८. राति सुत्नु अघि अफिसको काम बारे नसोंच्नुस् । यसो गर्दा तनावले निद्रा नलाग्ने समस्या हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या

टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान