Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

सुरज सुब्बा नाल्बोको निर्देशनमा ’हृदय भरी’ को छायाँकन प्रारम्भ

१५ चैत्र २०७५, शुक्रबार १८:१६


गत पौषमा घोषणा गरिएको फिल्म ’हृदय भरी’ को छायाँकन शुक्रबारबाट प्रारम्भ भएको छ । राजधानीबाट सुरु भएको फिल्मको छायाँकन लगभग ४५ दिन हुने निर्देशक सुरज सुब्बा नाल्बोले बताएका छन् । राजधानीमा रहेको ’द भ्वाइस अफ नेपाल’ को सेटमा परिवर्तन गर्दै ब्युटीप्याजेन्टको सिनको छायाँकन भईरहेको निर्देशक सुब्बाले जानकारी दिए । ’फिल्मको महत्वपूर्ण सिन हो यो जसले फिल्ममा मोड ल्याउछ’ उनले सिनलाई बुझाउदै भने ’ब्युटीप्याजेन्टको फिनालेको दृश्यको सजावट हो त्यसैले निकै मेहनतका साथ् खिचिरहेका छौ ।’

झन्डै पन्ध्र बढी व्यावसायिक मोडेलसंगै डेब्यु गर्ल श्रद्धा र रेखालाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले कोरियोग्राफ गरिरहेकी थिइन् । फिल्मको यस दृश्यलाई निर्देशक सुब्बाले ४ वटा क्यामेराले कैद गरिरहेका थिए । उनले फिल्मको सब्जेक्ट काठमान्डूकै रहेकोले यसको गीत धरान र विदेशमा खिचिने बताए । ’सोसल ड्रामा हो तर फिल्म भरपुर मनोरंजनले भरिपूर्ण हुनेछ’ निर्देशक नाल्बो विश्वस्त छन् । उनकै लेखनमा तयार हुने फिल्ममा पल शाह, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवंर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, मनोज केसी, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत श्रद्धा छेत्री नेपाली फिल्ममा डेब्यु गर्दै्छिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् ।

फिल्मलाई एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोणात्मक प्रेम कथामा निर्माण हुने फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । फिल्ममा मानकृष्ण महर्जनको छायांकन , अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहेको छ । फिल्ममा प्रोडक्शन डिजाइनर अरुण रेग्मी र प्रोडक्शन म्यानेजर अर्जुन पोखरेल रहेका छन् भने यसलाई उपत्यकामा सुनिल मानन्धर र मोफसलमा केदार पराजुलीले वितरण गर्नेछन । फिल्म भाद्र २७ मा रिलिज हुनेछ ।

सुरज सुब्बा नाल्बो यो फिल्मले सोसल इस्युलाई उठाएको छ । फिल्मको शुटिङ्ग शुक्रबारबाट सुरु भएको छ भने हामीले ४५ दिनको सेड्युल लिएका छौ । फिल्मको ओप्निङ्ग दृश्य भएकोले यसलाई निकै भव्यबनाएर छायाँकन गरिरहेका छौ । कुनै सम्झौता गरिएको छैन । फिल्मको लगभग दृश्यको छायाँकन काठमान्डूमा नै गर्नेछौ भने गीतको छायाँकन धरान र विदेशमा हुनेछ ।

श्रद्धा छेत्री आज पहिलो दिन केहि नर्भस पनि छु । तर सिन सजिलो नै छ किनकी हामीले गरिरहेको कार्य नै छ । मैले मोडलको रुपमा यसकिसिमको ब्युटीप्याजेन्टमा सहभागिता जनाईसकेकी छु भने हेरेकी पनि छु । त्यसैले आजको दृश्य भने सहज नै छ । हामी एउटा ब्युटीप्याजेन्टमा सहबह्गी भइरहेका छौ र यो फिनाले हो । दृश्य यस्तै छ तर यसै दृश्यले फिल्मको मूल कथालाई बोकेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत