बसोबास गर्न उपयुक्त विश्वका सबैभन्दा उपयुक्त शहर कुन?


परामर्शदाता कम्पनी मर्सरले ‘जीवनको गुणस्तर’बारे गर्ने मापन सहितको सर्वेक्षणमा संसारका विभिन्न २३१ वटा शहरको तुलना गरिएको छ । यसरी मापन गरीने अध्ययनमा ती तमाम शहरभित्रका अपराध, शिक्षा, स्वास्थ्योपचार सेवा, आवासगृह तथा व्यक्तिगत स्वतन्त्रतालाई आधार मानेर ‘मर्सर’ले सबैभन्दा बस्नयोग्य शहरको सूची तयार पारेको हो ।

उसोभए शीर्ष स्थानमा कुनकुन शहर छन्?
१) भियाना, अष्ट्रिया
‘मर्सर’ले गरेको संसारको २६१ शहरको तुलनामा युरोपका शहरहरु सबैभन्दा माथी परेका छन् । जसमा निरन्तर १० वर्षदेखि अष्ट्रियाको राजधानी भियाना सर्वाधिक बस्नयोग्य शहरको रुपमा सूचीबद्ध हुँदै आएको छ ।

क्रिस्मस २०१८ मा देखिएको अष्ट्रियाको सुन्दर शहर भियाना । तस्बिरः पेरीसा मल्ल

भियाना संसारभर मुख्यतः त्यहाँका कफी पसल तथा वास्तुकलाका लागि विख्यात छ ।

भियानामा दैनिक जीवनयापनका लागि धेरै खर्च गर्नुपर्दैन, मनमोहक दृश्यावलोकन गर्न र अनेकथरी कामहरु गर्न पाइन्छ ।

२) जुरिख, स्विटजरल्याण्ड
३) क्यानडाको भ्यानकुभर तथा संयूक्त राज्य अमेरीकाको अकल्याण्ड संयूक्त रुपमा तेस्रो स्थानमा परेका छन् ।
४) म्यूनिख, जर्मनी
५) अकल्याण्ड, न्यूजिल्याण्ड
६) डुसेल्डोर्फ, जर्मनी
७) फ्र्याङ्कफर्ट, संयुक्त राज्य अमेरीका
८) कोपन्हेगन, डेनमार्क
९) जेनेभा, स्विटजरल्याण्ड
१०) बाजल, स्विटजरल्याण्ड

सबैभन्दा सुरक्षित शहर

यस २०१९ को मार्चमा जारी सूचीले व्यक्तिगत सुरक्षामा थप केन्द्रित विषय पनि समावेश गरेको छ जसमा पश्चिमी यूरोप विश्वका अन्य सुरक्षित शहरहरुलाई चुनौति दिन्छ ।

लक्समबर्ग शहर विश्वको सबैभन्दा सुरक्षित शहरको सूचीमा रहेको छ । केन्द्रीय र पूर्वी युरोपियन शहरहरूमा पराग्वे, विलनियस र Warsaw शहरहरुमा व्यक्तिगत सुरक्षाको सन्दर्भमा स्थिर सुधार देखियो । पश्चिमी युरोपमा, पेरिस, एथेन्स र म्याड्रिड सहित केही शहरहरूमा भएका पछिल्ला आतंककारी आक्रमण र आन्तरिक अस्थिरताको कारण व्यक्तिगत सुरक्षाका सवालमा कमी आएको छ।


सबैभन्दा बस्न अयोग्य शहर

ईरानको तेहरान शहरपछि पश्चिम एशियाको दोश्रो शहरको रुपमा ईराकको बगदाद सबैभन्दा पुछारमा २३१ औं नं. मा रहँदै संसारकै सबैभन्दा बस्न अयोग्य शहरको सूचीमा मर्सरले राखेको छ ।


Loading comments...