Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

सन्दिप लामिछानेले १ विकेट लिंदै IPL 2019 को गरे सुखद शुरुवात

१६ चैत्र २०७५, शनिबार २२:३४

लोकप्रिय

IPL 2019 अन्तर्गत दिल्ली क्यापिटल्सले विश्व क्रिकेटका उदाउँदा स्टार सन्दिप लामिछानेलाई अन्तिम् ११ मा राखेको छ । कोलकाता नाईट राईडर्सविरुद्ध बलिंग गर्ने निर्णय लिएका क्यापिटल्सका क्याप्टेन श्रेयस अैयरले दोश्रो ओभरमा सन्दिपलाई उतारेका थिए । पहिलो ओभरमा १ रन मात्र दिएका सन्दिप लामिछानेले आफ्नो दोश्रो ओभरमा पनि एक रन मात्र दिएर कोलकाता नाईट राईडर्सका स्टार ओपनर निखिल शंकर नायक लाई LBW आउट गर्न सफल भएका थिए ।

आफ्नो व्यक्तिगत अन्तिम् पाँचौ ओभर गर्न ओर्लिएका सन्दिप लामिछानेको बलमा दिनेश कार्तिकले एक चौका तथा एक रन लिए भने अन्तिम् २ बलमा आन्द्रे रसलले दुई छक्का लगाएका थिए । यही साथ सन्दिपले १ विकेटको साथमा २९ रन खर्चिदैं ७.२५ को औशतमा IPL 2019 को आफ्नो पहिलो खेलको बलिङको समापन गरे ।

यस अघि अष्ट्रेलिया, बाङ्गलादेश तथा पाकिस्तानको टि-२० मा राम्रो फममा रहँदै उत्कृष्ट खेल पस्किएका सन्दिप लामिछाने दिल्लिको पछिल्लो दुई खेलको अन्तिम् ११ मा नपरेको विषयलाई विश्वभरका क्रिकेट पण्डित तथा खेलप्रेमीहरुले दिल्लि क्यापिटल्सको टिम छनौटको आलोचनासंगै आश्चर्य व्यक्त गरेका थिए । दिल्लीले खेलेको पछिल्लो दुई खेलमध्ये पहिलो खेलमा मुम्बई ईण्डियन्सलाई पराजित गरेको थियो भने दोश्रो खेलमा चेन्नई सुपर किंग्ससंग हार बेहेर्नुपरेको थियो ।

कोलकाता नाईट राईडर्सले ७ विकेट गुमाउँदै दिल्लिलाई जितका लागि १८६ रनको लक्ष्य दिएको छ ।

हेरौं आगामी खेलहरुमा सन्दिप लामिछानेको कस्तो प्रभाव रहनेछ, लाईभमाण्डूको तर्फबाट सफलताको शुभकामना !

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा