Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार
Jeff Bezos

अमेजनका मालिक जेफ बेजोसको ‘मोबाइल ह्याक’, साउदी अरबलाई डेटा चोरीको आरोप

१७ चैत्र २०७५, आईतवार १८:०९


संसारकै लोकप्रिय धनी ईकमर्स कम्पनी अमेजनका मालिक जेफ बेजोसको अमेजनका मालिक जेफ बेजोसको मोबाइल ह्याक गरी उनको व्यक्तिगत जानकारीहरु नेशनल एक्वायर ट्याबलाईडसम्म कसरी पुग्यो, यो कुरा पत्ता लगाउनका लागि जेफले व्यवसायीक डेटा विज्ञ गेविन डी बेकरलाई यसको अनुसन्धान गर्ने जिम्मा दिएका थिए ।

 र गेविनले यो घटनाको सम्बन्ध साऊदी अरबसँग जोडिदिएका छन् । उनका अनुसार, अमेजनका मालिक जेफ बेजोसको मोबाइल साउदीद्वारा ह्याक भएको हो जस पश्चात त्यस फोनमा उपलब्ध बेजोसका व्यक्तिगत जानकारीहरु ट्याबलाईडलाई उपलब्ध गराइएको थियो ।

गेभिन डे बेकर बेजोसका तर्फबाट अहिले यो अध्ययन गर्दैछन की कसरी उनको नितान्त व्यक्तिगत जानकारीहरु ट्याबलोईडसम्म पुर्याईयो ।

अर्बपति बेजोसले यो घटनालाई वाशिङ्टन पोष्टले हाल गरीरहेको साउदी पत्रकार जमाल खाशोज्जीको हत्याको कभरेजसंग जोडेर हेरीरहेका छन् ।

गत वर्ष अक्टुबर २ को दिन इस्तानाबुल स्थित साउदी अरबको वाणिज्य दूतावासमा खाशोज्जीको हत्या भएको थियो । र उनको हत्याको आरोप साउदी अरबलाई लागेको थियो । झण्डै ६ महिनापछि पनि साउदी अरबले अहिलेसम्म यस सम्बन्धमा कुनै टिप्पणी गरेको छेन ।

बेजोस वाशिङ्टन पोष्टको पनि मालिक हुन् । उनको मोबाईल ह्याक भए सम्बन्धमा अध्ययन गरीरहेका अनुसन्धानकर्ता गेभिन डी बेकर भन्छन्, ‘उनले अमेरिकी अनुसन्धान अधिकारीहरुको जाँचको आधारमा तयार अन्तिम् रिपोर्ट सुम्पिसकेको छुँ ।’

दैनिक बिस्ट वेबसाइटमा उनले लेखेका छन्, “हाम्रो अन्वेषकहरू तथा धेरै विशेषज्ञहरूले यस विषयको जाँच पुरै जिम्मेवारी तथा इमान्दारीका साथ गरेका छन् र उनीहरुले फेला पारेको तथ्यले सऊदी अरबले बेजोसको मोबाइल डेटालाई ह्याक गरेर त्यसमा रहेका बेजोसको व्यक्तिगत जानकारीहरु प्राप्त गरेको हो भन्न प्रमाणित गर्छ

यही २०१९ को फेब्रुअरीमा समेत बेजोसले आफूलाई अमेरिकी मेडिया इंक (एएमआई)लाई ब्ल्याकमेलिङको आरोप लगाएका थिए जो नेशनल एक्वायरको भगनी संस्था पनि हो

—लाईभमाण्डू

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,