
मध्य तराईमा आँधी हुरीको वितण्डा, जनधनको क्षति
१८ चैत्र २०७५, सोमबार ०८:४६
बीरगंज १७ चैत्र । बारा, पर्सा, रौतहट तथा सर्लाही गरी मध्य तराईका जिल्लाको केही स्थानमा आइतबार साँझैदेखि आएको डरलाग्दो ऑधिहुरीबाट धनजनको अकल्पनीय क्षति भएको छ । जसमा बाराको फेटा गाउँपालिकामा पर्ने पुरैनियामा सबैभन्दा बढी क्षति पुगेको छ । सबै जिल्लामा गरी झण्डै ४०० जना भन्दा बढी घाईते भएका छन् । ५०० बढी घरहरुमा क्षति पुगेको छ भने अहिलेसम्म प्राप्त जानकारी अनुसार २८ जनाले ज्यान गुमाएका छन् । क्षतिको पूर्ण बिबरण आउँन बाकी छ ।
यस प्राकृतिक विपत्तिबाट पीडित नेपालीहरुको उपचार, खोज, उद्दार तथा राहत बितरणमा जनताले अनुभुती हुने गरि सरकारले कुनै कसर बाकी नराखोस। सहयोग लागि सरकारी, गैरसरकारी,ब्यात्ती सबैमा बिनम्र अनुरोध छ ।
साथै यस क्षेत्रमा आएको हावा हुरी सहितको असिना पानिले यस क्षेत्रको कृषि उत्पादनहरुमा ब्यापक क्षति पुर्याएको छ । बिशेष गरी गँहु, मसुरो थन्काउने बेलामा परेको हावा हुरी सहितको असिना पानिले कृषकहरु प्रभावित भएका छन् । असिना पानिले आँप, लिचि, लगायतका फलफुल तथा तरकारी खेतीमा समेत नोक्सानि पुर्याएको कृषकहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राती ११ः१५ मा ट्वीट गर्दै लेख्नुभएको छः
K P Sharma Oli @kpsharmaoli े10 hours ago
१) बारा/पर्सा जिल्लाको केही स्थानमा अहिले सॉझ आएको डरलाग्दो ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको जानकारीमा आएकोछ। यस आकस्मिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन् । उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएकोछ।
२) हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु । र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
३) भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा “नाईट भिजन” हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।
पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पनि यसबारे दुःख व्यक्त गर्दै लेख्नुभएको छः

Sher Bahadur Deuba
साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुवेच्छुकहरुलाई उद्दार र राहतमा खटिन निर्देशन गर्दछु ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।
भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी
नेपालका लागि नव–नियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज काठमाडौं आइपुग्नुभएको छ । श्रीवास्तव करियर कूटनीतिज्ञ हुनुहुन्छ । काठमाडौं आउनु