Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार

औषधि बोकेर बारा पुगे डा गोविन्द केसी

१९ चैत्र २०७५, मंगलवार १३:२६


चिकित्सा शिक्षा सुधारका अभियान्ता एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी हावाहुरी प्रभावित क्षेत्रमा पुगेका छन् ।

डा केसी औषधि बोकेर सोमबार राति काठमाडौंबाट प्रभावित क्षेत्रमा आएका हुन् । डा केसीले बाराको फेटामा स्वास्थ्य शिविर चलाउने उनका सहयोगीले बताएका छन ।

आइतबार साँझ आएको हावाहुरीका कारण बारामा मात्रै ६ सय ६३ जना घाइते भएका थिए । यस्तै २ सय ८४ जना विभिन्न अस्पतालमा उपचारत छन् । हाडजोर्नी विशेषज्ञ डा केसीले घटनामा चोटपटक लागेका तथा अन्य स्वास्थ्य समस्या देखिएका स्थानीयलाई स्वास्थ्य सेवा दिनेछन् ।

घटना परी बारा र पर्साका १ हजार ४४ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ३ सय ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या

टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान