Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

शनिबार १० बजेबाट ‘मातृभूमी कप’मा उपस्थित हुन धुर्मुसको आग्रह

२२ चैत्र २०७५, शुक्रबार १७:३२

लोकप्रिय

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ चैत २३ गते हुने मातृभूमी कपको सम्पुर्ण तयारी सकिएको छ । मातृभूमी कपका लागि राष्ट्रिय कलाकारहरुको टिम समेत फाईनल भएको फाउण्डेशनले जानकारी दिएको छ ।

भोलि अर्थात शनिबार हुने मातृभूमी कपका लागि कलाकार समुहको तर्फबाट सम्पुर्ण कलाकारहरु खेल खेल्न पुर्ण तयारीका साथ बसिरहेका छन् । कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका थिए ।

‘खेलाडीहरुको खेलका लागी पुरा तयारी सकिएको छ’ फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले भने ‘भोलिको प्रतियोगीता रोमान्चक मात्र नभई एउटा पर्फेक्ट मनोरञ्जनको प्याकेज पनि हुनेछ ।’ प्रतियोगीतामा राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आमने सामने हुनेछन् । पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बि’ बिच रोमान्चक २० ओभरको खेल हुनेछ भने कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बि’ बिच १० ओभरको खेल हुनेछ ।

रङ्गशाला निर्माणको सहयोगार्थ प्रतियोगीता गर्न लागिए पनि यसबाट संकलित रकमको १५ प्रतिशत आँधी प्रभावितहरुका लागि खर्च गरिने फाउण्डेशनले जानकारी दिएको छ । मातृभूमी कपका लागि निरन्तर टिकट बितरण भईरहेको छ । ईसेवा मार्फत अनलाईन टिकट खरिद गर्न सकिनेछ भने भोली खेलमैदानमा समेत टिकट उपलब्ध हुनेछ । खेल भोली अर्थात शनिबार १० बजेदेखी सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा