
लभ स्टेशनको तीन दिनमा २ करोडको ग्रस व्यापार
२५ चैत्र २०७५, सोमबार १३:३६
काठमाडौ, २५ चैत । चलचित्र ‘लभ स्टेशन’ले तीन दिनमा करिब दुई करोडको ग्रस व्यापार गरेको छ । यो चलचित्र शुक्रबारबाट देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको हो । चलचित्र लभ स्टेशनले पहिलो दिनदेखि नै उल्लेख्य कारोबार गरेको छ ।
लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले बक्स अफिसबारे भने,‘ हाम्रो फिल्मले पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको थियो भने शनिबार करिब १ करोड छ । आईतबारसम्मको व्यापार हेर्दा लभ स्टेशनले लभगभ २ करोडको व्यापार गरेको छ ।’ लभ स्टेशनको आईतबारको व्यापार पनि आक्रमक रहेको, गोपि, गुण, अष्ट जस्ता हलमा आईतबार पनि एकै शोमा दुई ओटा हल भरिएको उनले बताए ।
यो चलचत्रिमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना, रश्मि पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।
लभ स्टेशनलाई काफिया फिल्मसको व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाले छायांकन गरेको लभ स्टेशनमा शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,