
यस्ता छन अंगुर खानुको फाइदाहरु
२७ चैत्र २०७५, बुधबार १३:२७
अंगुर सबैलाई मन पर्ने फलफुल हो । अंगुरलाई औषधीको रुपमा प्रयोग पनि गर्न सकिन्छ भन्ने सबैलाई थाहा नहुन सक्छ । यसका कैयौँ फाइदाहरु छन् । यसले मानिसको सुन्दरतासँगै स्वास्थ्यमा समेत राम्रो गर्छ । अंगुरमा भिटामिन, पोटाशियम, आइरनसहितका पौष्टिक तत्व पाइन्छ ।
अंगुरको औषधीय गुण
१. अंगुरमा ‘फ्ल्याभोनोइड्स’ भन्ने तत्व पाइन्छ, जसले राम्रो कोलेस्टेरोल बढाउन मद्दत गर्छ। यसले गर्दा मुटु स्वस्थ रहन्छ ।
२. अंगुरको नियमित सेवनले ट्युमर हुनबाट जोगाउन सक्छ। यसमा रहेको ‘रेस्भेरेट्रोल’ नामक तत्वले ट्युमर हुनबाट रोक्छ ।
३. अंगुरको रस नियमित प्रयोग गर्नाले उच्च रक्तचाप नियन्त्रण हुन्छ ।
४. अंगुरले रगत सफा गर्न मद्दत गर्छ। यसले रगतमा भएका हानिकारक ‘टक्सिन’हरु निकाली रगत सफा गराउँछ ।
५. अंगुरको रस नियमित सेवन गर्दा दम रोग लाग्ने सम्भावना कम हुन्छ ।
६. अंगुरमा पाइने एन्टिअक्सिडेन्टले अल्जाइमर, ‘ऐथेरोस्क्लेरोसिस’जस्ता रोगबाट बचाउन सक्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान