Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

मोदीले अर्को कार्यकाल जित्लान त ? सर्वेक्षणले के भन्छ ?

२७ चैत्र २०७५, बुधबार १४:०४


भारतको आसन्न निर्वाचन अहिले ब्यापक चर्चामा छ, भाजपाका नेता नरेन्द्र मोदीले ५ वर्षपछि फेरि बाजी मार्छन त ? सबैलाई जान्न मन छ, मोदीको समर्थन अनि विरोध दुबै उतिकै तिब्र रुपमा भइरहेको अवस्थामा आउनुहोस केहि सिमुलेशन अनि सर्वेक्षणका नतिजाहरुमा ध्यान दिऔं ।

ईण्डिया टुडेकोको पोलिटकल स्टक एक्चेन्जका सर्वेक्षणहरुको नतिजाको सारसंक्षेप यहाँ छ । यसका अनुसार एनडिए अर्थात नेशनल डेमोक्रेटिक गभरमेन्सको चुनाव जित्ने संभावना ५० प्रतिशत छ । यस सर्वेक्षणलाई चेन्नई गणित इन्सटिच्यूटका तथ्याकंबिज्ञ राजिव कर्णधिकारले नेतृत्व गरेका हुन् । यसका अनुसार ७२ प्रतिशत संभावना एनडीएले २५० स्थान भन्दा बढि पाउने रहेको छ भनें ५० प्रतिशत संभावना पूर्णत जितेर बहुमतको सरकार ल्याउने रहेको छ । २२० सिट भन्दा कम हुन सक्ने संभावना भनें केवल ९ प्रतिशत मात्र रहेको यस सर्वेक्षण ल देखाँउछ । भाजपा र कग्रेस आईका भोटरले पार्टी भन्दा पनि प्रधानमन्त्रीको फेसका लागि भोट गर्ने तथ्य यस सर्वेक्षणले प्रगाढ रुपमा देखाएको छ ।

कंग्रेस आईले भनें २५० सिट भन्दा धेरै ल्याउने संभावना केवल ३४ प्रतिशत देखिन्छ । अमेरिकाको पछिल्लो राष्ट्रपतिय निर्वाचनमा भएका यस्ता सर्वेक्षणहरु बास्तविक धरातलमा निकै कमजोर अनि चुनावी दौरमा निकै फरक पाइएको थियो तसर्थ केहि प्रश्नचिह्नका जवाफ भनें आउँदो समयको चुनावले नै दिनेछ ।

यो पनि पढ्नुहोस् 

केहि महिनाअघि केहि स्टेटहरुमा भाजपाले कंग्रेस आई संग हारेको थियो तर यस सर्वेक्षणले ति स्थानहरुमा पनि अब भाजपा निकै दरो भइसकेको र मोदीको चर्चा र समर्थन निकै देखिएको पाएको भन्दछ ।

सबैभ्न्दा बढि हिमाञ्चल प्रदेशमा मोदीको ३६ प्रतिशत खुद सन्तुष्टि बिन्दु रहेका भोटरहरु रहेको पाइन्छ । त्यस्तै राजस्थानमा ३२ र मध्यप्रदेशमा २६ प्रतिशत मोदी प्रति सन्तुष्ट भोटरहरु छन् । पन्जाबमा भनें मोदीको समर्थन प्रतिशत नेगेटिभमा छ, माईनस १० प्रतिशत मोदीको समर्थन रहेको पन्जाब वासिन्दाहरुको खालिस्तान आन्दोलनका कारण रहेको बताइन्छ ।

केरलाका भनें ७२ प्रतिशत मान्छेहरु मोदीसंग असन्तुष्ट रहेको देखिन्छ । अब हेर्दै जाँउ नरेन्द्र मोदीको भाग्यले यस वर्ष उनलाई फेरि प्रधानमन्त्रीको कुर्सि दिनेछ या राजनैतिक छालमा मोदी पनि सुस्तरि किनारा लाग्दै जानेछन ?

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले

काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको

नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता

काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक