
गुणकारी स्याउ
२९ चैत्र २०७५, शुक्रबार १०:००
नेपालको कर्णाली अंचलमा विशेष गरि जुम्ला जिल्लामा प्रसस्त मात्रामा स्याउ पाइन्छ। यसलाई कर्णालीमा आर्थिक विकासको आधार पनि मानिन्छ। यो स्याउ खेतिलाई आधुनिक तरिकाले बगैचा प्रणालीलाई स्तर उनती गरि प्रयोयमा ल्याउन सकेमा यसले देशकै आर्थिक विकासलाई पनि टेवा पुर्याउन सक्छ।
पौष्टिक हिसाबले स्याउमा कार्बोहाइड्रेड, भिटामिन र खनिज पदार्थ पाइन्छ, जुन हाम्रो शरीरका लागि आवश्यक तत्व हो । स्याउ पौष्टिक गुणले मात्र होइन औषधीय गुणहरुले पनि भरिपूर्ण छ ।
स्याउमा पाइने औषधीय गुण
१. स्याउमा पाइने मलिक एसिड, टार्टरिक एसिडहरुले शरीरका जोर्नीहरु दुख्ने समस्या कम गर्न मद्दत गर्छ। साथै, स्याउमा पाइने यी एसिडले पाचन क्रियामा पनि सहयोग गर्छन् ।
स्याउमा प्रकृतिक रुपमा पाइने एसिडले स्याउ आफैँलाई पच्न मात्र भनई हामीले खाएको अन्य खानेकुरालाई समेत पचाउने गर्छ ।
२. पाकेको स्याउ वा यसको रस नियमित खाएमा पुरानो कब्जियत निको हुन सक्छ ।
३. स्याउको नियमित सेवन गर्नाले ब्रोङ्काइटिस र लहरे खोकी हुनबाट जोगाउँछ ।
४. स्याउको नियमित सेवनले रक्तचाप सन्तुलित राख्न मद्दत गर्छ ।
५.स्याउमा भएको मलिक एसिडले रगतबाट बिकार पदार्थ निकाली रगत सफा पार्न सहयोग गर्छ ।
६.आखाँ सुन्निएको अथवा इन्फेक्सन भएको बेला स्याउको रसले आखाँ सफा गरेमा आराम मिल्छ ।
७. काँचो अथवा बेक गरेको स्याउ नियमित सेवन गर्नाले छाँतीको दुखाइ कम हुन्छ साथै मिर्गौला जोगाउन सहयोग गर्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान