
अल्सर भनेको के हो ? अल्सर भएको कसरी थाहा पाउने ?
३० चैत्र २०७५, शनिबार २०:०७
आमाशय वा आन्द्राको भित्री भागमा कोतरिनु वा ब्रेक हुनु अल्सर हो । ती अंगको भित्री भागको छाला एकनासले गएको हुन्छ । त्यसमा चोट लागे, घाउ भए अल्सर हुन्छ ।पाचन प्रणालीसँग जोडिएको यो एउटा खास रोग हो । यसमा आमाशय, खाने नली या सानो आन्द्राको सुरुको भाग अर्थात डयुडिनम मा घाउ वा प्वाल हुन्छ । अल्सरका तत्कालिक र दीर्घकालिन असर हुन्छन् ।
खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्सरको संकेत हुनसक्छ
खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ ।
प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ ।
तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ ।
सावीकको खाना खाईरहँदा नै तपाईको तौल घट्दै गईरहेको छ भने पनि चुप नबस्नुहोस् ।
पेट दुखीरहनु केही खाएपछी दुख्न शुरु गर्नु अल्सरको संकेत हुनसक्छ ।
छिटोछिटो भोक लागीरहनु पनि अल्सरको कारण हुन सक्छ ।
लामो समयसम्म कालो दिशा भईरहेको छ भने यो अल्सरको कारण हुने ब्लिडिङले भएको हुनसक्छ । – एजेन्सी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान