Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

अख्तियारद्वारा फरार अरबपति नायब सुब्बा गुप्ताविरुद्ध हाजिर हुन ७ दिने सूचना जारी

२९ चैत्र २०७५, शुक्रबार २०:५६


सिमरा, बारा, चैत्र २९ । राज्यको अरबौं राजश्व हिनामिना गरी अकूत सम्पत्ति जोडेका जिल्ला रौतहट, गौर१ स्थायी ठेगाना भई हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ०४, विर्ता निवासी मदनप्रसाद गुप्ताबारे हिजो मात्रै लाईभमाण्डूले सप्रमाण समाचार प्रेसित गरेको थियो

भूमिसुधार तथा मालपोत कार्यालय पर्सा र भूमिसुधार तथा मालपोत कार्यालय कलैया, बाराको सक्कल मिसिल तथा कागजप्रमाण लुकाएको नष्ट गरेको साथै भूमिसुधार तथा मालपोत कार्यालय कलैया, बारा र मालपोत कार्यालय सिमरा, बाराको राजस्व हिनामिना गर्नुका साथै भूमिसुधार तथा मालपोत कार्यालय कलैया, बारा र मालपोत कार्यालय सिमरा, बाराको रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर छली गरेको भन्ने तपसिलका बिषयहरु सार्वजनिक गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण एन, २०५९ को दफा ४३ बमोजिम सिमराका तात्कालिन कार्यलय प्रमुख (नायब सुब्बा) मदनप्रसाद गुप्तालाई हाजिर हुन ७ दिने सूचना जारी गरेको छ

अख्तियारद्वारा जारी सूचनामा लेखिएको छ, “तपाईसमेतको संलग्नतामा तपसिलबमोजिमका विषयहरुमा अनियमितता भएको भन्नेसमेतको उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग केअी बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ यो म्याद सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस आयोगको अनुसन्धान महाशाखा नं. २ मा सम्पर्क राख्न आउनुहोला, नआए कानुनबमोजिम भईजानेछ ।”

लाईभमाण्डूले सिमरा मालपोतका तात्कालिन कार्यालय प्रमुख मदनप्रसाद गुप्ताको अनियमितताका चाङसहितका प्राप्त केही प्रमाणहरु प्रस्तुत गरेको थियो । प्राप्त सूचना तथा प्रमाणले बारा जिल्लाको सिमरा मालपोतका तात्कालिन कार्यालय प्रमुख मदन गुप्ताले व्यापक अनियमितता गरी अरबौंको अकूत सम्पत्ति जोडेको कुरा उल्लेख थियो । रौतहट स्थायी घर भएका मदन गुप्ताले झण्डै ८ वर्ष वीरगञ्ज मालपोतमा काम गरेपछि नायब सुब्बा पदमा सिमरा मालपोतमा पुगेका थिए । अख्तियारले छापा हान्ने सूचना पाएपछि यही २०७५, फागुन २८ गतेदेखि नै फरार रहेका गुप्ता भारतको बिहारस्थित सितामढीस्थित उनको ससुरालीमा लुकेर बसेको स्रोतले दाबी गरेको छ ।

प्रमाणसहितको समाचार यहाँ पढ्नुहोस्ः
https://livemandu.com/8482/

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न