
२१ औं शताब्दिको सबैभन्दा ठूलो विमानको सफल उडान, बोक्नेछ एकैपटक तीन रकेट
१ बैशाख २०७६, आईतवार २२:३३
संयूक्त राज्य अमेरीकाको क्यालिफोर्नियामा संसारको सबैभन्दा ठूलो विमानले सफलतापूर्वक परीक्षण उडान गरेको छ । स्ट्रेटोलन्च नाम दिईएको उक्त विमानमा बोईंग ७४७ ईन्जिन लागेको छ । यो विमानको विशेषता यो छ की यसले ३५ हजार फिट माथीको उचाँईबाट पृथ्वीमा अथवा पृथ्वीबाट ३५ हजार फिट माथी रकेट पठाउने क्षमता राख्दछ ।
उथाह तथा एरिजोनासम्म फैलिएको उत्तरी अमेरीकाको सबैभन्दा सुख्खा मरुभूभी ‘मोजावे मरुभूमी’मा शनिबार १३ अप्रेल, २०१९ का दिन यसको सफल उडान गरेको हो । परीक्षण उडान सफल भएसंगै यसले भविष्यमा हुने भीमकाय उडानको सकारात्मक संकेत देखायो । यसको अविस्कार अन्तरिक्षमा रकेट पुर्याउन तथा त्यहाँबाट पृथ्वीसम्म पुर्याउने कार्यमा प्रयोग हुनेछ ।
Thrilled to share that today the #Stratolaunch aircraft flew for the first time! ✈ Check out the video here ⬇ #StratoFirstFlight https://t.co/rluHdNRtJ4
— Stratolaunch (@Stratolaunch) April 14, 2019
यससंगै यसले उपग्रहहरुलाई अन्तरिक्षको कक्षसम्म पुर्याउन सहयोग गर्नेछ । यो भिमकाय स्ट्रेटोलन्च विमान प्रयोगमा नआउञ्जेल अहिलेसम्म टेकअफ रकेटको सहयोगले उपग्रहहरुलाई अन्तरिक्षको कक्षमा पठाईंदै आईएको छ । टेकअफ रकेटको तुलनामा स्ट्रेटोलन्च विमान अवस्यपनि उपग्रहलाई अन्तरिक्ष कक्षसम्म पुर्याउनका लागि २१ औं शताब्दिको विमान अविस्कारमध्ये सबै भन्दा उत्तम विकल्प हुनेछ ।
स्ट्रेटोलन्चको निर्माण स्केल्ड कम्पोजिट्स नामक इन्जिनियरिंग कम्पनिले गरेको हो । यो विमान यति भिमकाय स्वरुपको छ की यसको पखेटाको चौंडाई एउटा विशाल फुटबल रङ्गशाला भन्दा पनि ठूलो छ ।
शनिवार गरिएको पहिलो परिक्षण उडानमा यो विमानले हावामा अधिकतम ३०४ किलोमिटर प्रति घण्टाको गतिमा साढे दुई घण्टासम्म उडान गर्यो । यो विमानको अर्को विशेषता भनेको यसमा एकैपटकमा ३ वटा रकेट राखेर उडान गर्न सक्छ ।
यसको अविस्कारको यो पहिलो स्वरुप भने हैन । स्ट्रेटोलन्चलाई सन् २०११ मा माईक्रोसफ्टका दिवंगत सह संस्थापक पल जी एलनले तयार गरेका थिए । तर सन् २०१८ मा भएको उनको अप्रत्यासित मृत्युका कारण यो सार्वजनिक हुनसकेको थिएन ।

तस्वीर स्रोतः https://twitter.com/Stratolaunch
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ