
#३ – अरबौं भ्रष्टाचारका आरोपि मदन गुप्ता र उनका मतियारहरुको सम्पत्ति रोक्का
६ बैशाख २०७६, शुक्रबार २२:३०
वीरगञ्ज ६, बैशाख २०७६ । मध्य तराईका तीन भिन्न जिल्लामा किर्ते रसिद तथा किर्ते जग्गा रजिष्ट्रेशनबाट ब्यापक भ्रष्टाचारमा संलग्न नायब सुब्बा तहका सरकारी कर्मचारीकै नेतृत्वमा भएको घटनामा सम्बन्धित निकाय एक्शनमा ओर्लिएको छ । हामी यहाँ कुरा गर्दैछौं बारा, पर्सा तथा रौतहटमा पालैपिलो सरकारी पदको दूरुपयोग गर्दै देश तथा जनतालाई गरेको यो दशककै सर्वाधिक ठूलो भूमाफिया काण्डबारे ।
सरकारी किर्ते रसिद काटेर एकैपटक एउटै जग्गा कैंयनलाई बेचविखन वापतको करोडौं रकम तथा रजिष्ट्रेशन वापत सरकारी कोषमा जानुपर्ने अरबौं राजश्व तथा सार्वजनिक जग्गा किनबेचबाट प्राप्त रकम सिधै खल्तिमा हाल्न पल्किएका अरबौं सम्पत्तिका नाईके मदन प्रसाद गुप्ता तथा उनको यस अपराधमा संलग्न मतियारहरुबारे अख्तयारमा उजुरी तथा स-प्रमाण समाचार सार्वजिनक भए लगत्तै अन्ततः ‘भूमि व्यवस्थापन तथा अभिलेख विभाग’ ले यस घटनामा संलग्नहरुको घर जग्गा रोक्का राखि विवरण उपलब्ध गराउन देशभरका भूमीसुधार तथा मालपोत कार्यालय तथा मालपोत कार्यालयलाई पत्राचार गरेको छ ।
लाईभमाण्डूले मध्य तराईमै अहिले सर्वाधिक चर्चामा रहेको यस भूमाफिया काण्डबारे समाचारहरुको नियमित अपडेट सहित पछ्याईरहेको छ:
यसबारे पहिलो सामाग्रीः
१ करोड २५ लाखको नायब सुब्बाको गाडी, अरबौंको सम्पत्ति अब सुब्बा साहेब फरार
यसबारे दोश्रो सामाग्रीः
अख्तियारद्वारा फरार अरबपति नायब सुब्बा गुप्ताविरुद्ध हाजिर हुन ७ दिने सूचना जारी
पत्रमा सर्वप्रथम मुख्य आरोपी मदन प्रसाद गुप्ता, उनकी श्रीमति लक्ष्मी साह (भारतीय नागरिक), मुख्य आरोपी मदन प्रसाद गुप्ताका छोरी रिंकी गुप्ता, छोरा विक्की गुप्ता, निरज कुमार रौनियार, कविता कुमारी, बृजलाल प्रसाद रौनियार, जुगुली प्रसाद तथा जगतनारायण प्रसाद यादवको नाममा रहेका घर जग्गाहरुको विवरण खोजतलास गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई जानकारीका लागि पत्र लेखेको छ ।पर्सा जिल्लाको अलौं ६ निवासी जुगुली प्रसाद तथापर्सा जिल्लाको रामगढवा २ निवासी जगतनारायण प्रसाद यादव त्यही व्यक्तिहरु हुन जो मदन प्रसाद गुप्ताका हरेक भ्रष्टाचारका काण्डमा बराबरका कमीशन भागवण्डाको हकदार थिए । अर्थात मदन प्रसाद गुप्ताको सहयोगी मतियारहरु । प्राप्त जानकारी अनुसार लामो समयदेखि भईरहेको यस ब्यापक भ्रष्टाचार काण्डमा नेपाल सरकारका कर्मचारी नायब सुब्बा मदन प्रसाद गुप्ताको मुख्य मतियार हरपतगञ्ज २० निवासी मुकेश प्रसाद हुन जसले यिनको आम्दानी, लगानी व्यवस्थापन गर्नुको साथै गुप्ताको कैंयन ब्यवसायमा साझेदार छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग (मालपोत तथा भूमिसुधार शाखा) बबरमहल, काठमाण्डौले लेखेको पत्रः
कस्तो छ अहिले वीरगञ्जमा सार्वजनिक जग्गाहरुको अवस्था?
वीरगञ्ज महानगरपालिका भित्र रहेको एैलानी जग्गा भू-माफियाहरुले व्यक्तिको नाममा नामसारी गर्ने चलखेल बढेको छ । एैलानी जग्गा भु-माफियाहरुले व्यक्तिको नाममा नामसारी गर्न थाले पछि स्थानिय जन-प्रतिनिधिहरु रोकथामका लागि सक्रियता बढाएका छन । जसको सकारात्मक प्रभाव पनि परेको देखिएको छ । जसस्वरुप वीरगञ्ज महानगरपालिकाले यस सम्बन्धमा चाँसो सहितको सूचना सर्वजनिक नै गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १३ मा रहेको रामजानकी मठ, करबोला, समसानघाट लगायतका सार्वजनिक जग्गा भू-माफिया शेषनाथ भन्नेले माटो खसाली प्लटिङ गर्न खोज्दा वीरगञ्ज महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष तुफान अन्सारी र स्थानियहरुले बिरोध गरेपछि भू-माफिया शेषनाथ अहिले फरार भएका छन ।

भू-माफियाहरुबाट एैलानी र सार्वजनिक जग्गा बचाउन स्थानियहरुले संरक्षण समिति गठन गरेका छन । स्थानियहरुले मुर्ली, श्रीपुर, राधेमाई, पण्डित टोला, रामगढवा, सबैठवा, पर्सौनी र भवानीपुर गाउँबाट पाँच पाँच जनाको समूहमा संरक्षण समिति बनाईएको वीरगञ्ज महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष तुफान अन्सारीले जानकारी दिनुभयो । सार्वजनिक जग्गा अतिक्रमण गर्न खोज्नेहरुलाई कुनैपनि हालतमा छाडिनेछैन स्थानियहरुले प्रण गरेका छन्, अन्सारीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ