Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

कृष्णका प्रिय को को थिए ? महाभारत कथा

१० बैशाख २०७६, मंगलवार ०६:००

लोकप्रिय

भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई आफुलाई मनपर्ने मान्छेको चरित्र वर्णन गर्नुभएको छ, आज त्यसै कुरालाई लिएर शास्त्रार्थ शुरु गर्न चाह्यौं ।
अर्जुनले प्रश्न गर्दछन् कि कृष्णलाई कस्ता मान्छे मन पर्दछन त भनी ?
श्रीकृष्णको सरल जवाफ हुन्छ, त्यस्ता मान्छे जस्लाई कसैको भय हुँदैन र कसैलाई पनि आफ्नो भय उत्पन्न गराउन चाँहदैनन , सबैलाई समान रुपले हेर्न सक्ने र सबैका लागि समान भावना भएको मान्छे नै मेरा प्रिय मान्छे हुन अर्जुन भनी कृष्णले भन्नुभएको छ ।
म तत्व नभएको अनि चाहना र प्राप्तीको ब्यग्रताले नदौडिएको मान्छेलाई घृणा गर्न कसैसंग केहि कारण हुँदैन । यस्ता मान्छेसंग कसैसंग डराउनुपर्ने कारण र कसैलाई हेयभावले हेर्नुपर्ने तर्क हुँदैन । पवित्र भोजन सेवन गर्ने अनि आफ्ना दायित्वका अगाडि तातो चिसो को ख्याल नगर्ने मान्छेहरु नै भगवानका प्रिय पात्रहरु हुन्छन् भनी कृष्णले भन्नुभएको छ । पापले नर्कको मार्ग दिन्छ भनें पुण्यले स्वर्गको । त्यस्तो मान्छे जस्ले साथी र दुश्मन दुबैलाई समान ब्यबहार गर्न सक्दछ, आलोचना र सम्मान दुबैमा यथावत रहन सक्ने, दु ख र सुख दुबैमा अबिचलित रहने र कुनै कुरामा पनि आशक्त नभएको ब्यक्ति नै सर्वश्रेष्ठ व्यक्ति भएको कृष्णको तर्क छ ।

“कृष्णका अनुसार फलको आशा नगरि गरिएको हरेक कर्महरु नै पुण्यको प्रतिक हुन् । ”

यि सम्पूर्ण शास्त्रार्थ भागवत गीताको १२ औं अध्यायको कृष्णअर्जुन कुराकानीका अशंहरु हुन् । भगवानलाई प्रिय लाग्ने पनत्रहरु खुशी, दु खी र सम्मान अनि तिरस्कारको प्रभाव र लोभमा नपरि सन्तुलनमा रहनसक्ने पात्रहरु हुन्छन् भन्ने सन्देश यहाँ पाइयो । प्राप्ती र बिछोडको भयबाट मुक्त भई जीवनधाराको प्रवाहमा उन्मुक्त बग्न सबै सक्षम रहन सकौं ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा