Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

प्लस २ साइन्स कलेजहरुको अनलाइन शिक्षामा बढ्दो चाँसो

१२ बैशाख २०७६, बिहीबार १२:३५


डाक्टर, ईन्जिनियर लगायत अन्य बिभिद प्राविधिक अनि दक्षताको क्षेत्रमा जाने सपना बोकेर हरेक वर्ष प्लस २ साइन्समा जुझारु अनि राम्रो अकं ल्याएका बिधार्थीहरुको भर्ना हुन्छ । यि बिधार्थीहरुमा लगाव, मेहनत अनि प्रतिस्पर्धा पनि धेरै नै हुन्छ, यस प्रतिस्पर्धा अनि लगावका बिच प्लस २ साइन्सका बिधार्थीहरु प्लस २ पश्चात मेडिकल, ईन्जिनियरिङ लगायत थुप्रै प्रवेश परीक्षामा संलग्न हुन्छन् । अनवरत तयारी अनि शिक्षा आर्जनको सपनामा यि बिधार्थीहरु केहि मेडिकल, केहि ईन्जिनियरिङ अनि अन्य थुप्रै स्ट्रीमहरुमा भर्ना हुने अनि उच्च शिक्षाका लागि बिदेश जाने क्रम बढ्दो छ ।

अहिलेको परिवर्तित परिपेक्ष्यमा हुने अधिकांश बिश्वस्तरिय कलेज र कोर्सका पढाईहरु अनलाईन मार्फत पनि हुने देखिन्छ र यस क्रममा नेपाली कलेजहरुको अनलाईन अध्यापन अनि प्रविधिमैत्री शिक्षण पद्धति आजको आवश्यक्ता पनि हो ।

आगामी दिनहरुमा आईओई, आईओएम लगायतका प्रवेश परीक्षाहरुपनि अनलाईन हुने तयारीका कुराहरु छन् साथै बिभिन्न बिदेशी परीक्षाहरु जस्तै आइएल्टस, स्याट, टफल, भारतको नीट यूजी र पीजी, एमसीआई लगायतका प्रवेश परीक्षाहरु अनलाइन सञ्चालन भइरहेको र हजारौंका संख्यामा नेपाली बिधार्थीहरुको ति परीक्षाहरुमा सहभागिता रहेको स्पष्ट तथ्याकं पनि छ । तर के नेपाली कलेजहरुले अनलाईन साक्षर बिधार्थी तयार गर्न प्रविधि मुलक शिक्षण अपनाएको छ त ? गम्भीर चुनौतिको बिषय छ ।

यसै क्रममा काठमाण्डौं कालीमाटीको काठमाण्डौं कलेज अफ सेन्ट्रल स्टेटले भर्खरै आफ्नो प्लस २ साइन्सका बिधार्थीका लागि अनलाइन सिस्टम ल्याएको छ ।

उक्त अनलाइन सिस्टमको सहकार्य कलेज अफ सेन्ट्रल स्टेट ले स्याटसम – SATSOM नामक प्रविधी र डिजीटल पाठ्यक्रम सामाग्री उत्पादक संग गरेको बताइएको छ ।

यस अनलाइन लर्निगं पोर्टलबाट
स्याटसम सस्क्राइव  गर्ने बिधार्थीहरुले घरमा नै बसी प्राक्टिस टेस्ट गर्न  सक्ने छन ।
■ आफ़ुलाइन कठिन लागेका प्रश्न स्याटसम सस्क्राइव गरेका साथीभाइ तथा शिक्षक बीच  छलफल गर्न सकिने
■ आफुले कति पढेको छु र कति पढ्न बाकि छ भनेर हेर्न सकिने
■ शिक्षक र विधार्थीकको लागी छुट्टा छुट्टै लगइनको माध्यम भएको
■ सम्पूर्ण बिषयका नोटहरु अनलाइन हेर्न सक्ने
■ र एमबीबीएस र ईन्जिनियरिङका प्रवेश परीक्षाका मक जाँच र पुराना प्रश्नपत्रहरु हेर्न र जाँच दिन सक्ने छन् ।

यसो गर्दा तत्कालै रिपोर्ट थाहा हुने, आफ्नो प्रवेश परीक्षामा नाम निस्कनसक्ने संभाव्यता लगायत अन्य बिभिन्न कुराहरुमा सहयोग हुने बताइन्छ ।

संभवत यो नेपालमै पहिलो पूर्ण अनलाइन पोर्टल हो भनी कलेजका चिफ रमेश घिमीरेले बताउनुभएको छ ।

नेपालको शैक्षिक प्रणालीमा यसरी कलेजहरुको अनलाइन मोह र डिजीटल आवश्यक्ताले गर्दा आँउदा पुस्तालाई पठनपाठन सहजता हुने भनें पक्कै छ ।

SATSOM नेपालभरिका प्लस २ साइन्स कलेजको अनलाइन नेटवर्कका रुपमा काठमाण्डौ भित्र र बाहिरका कलेजहरुको सदस्यता थप्ने क्रममा रहेको बताइन्छ । डिजीटल यूगको डिजीटल सहयात्रालाई बधाई ।

स्याटसम मार्फत् पढेर टप गर्ने बिधार्थीलाइ चाइनाको जियान प्रान्तमा ईन्जिनियरिङ अध्ययनको लागि फुल स्कलरशिपको समेत ब्यबस्था गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,