
सम्झनामा नेपालका पुर्वप्रधानमंत्री मनमोहन अधिकारी
१३ बैशाख २०७६, शुक्रबार १४:२२
आज हामी नेपाली राजनैतिक नक्षत्रका एकजना आन्दोलनकारी अनि परिवर्तनका पैरवी गर्ने नेतालाई संझना गर्न चाहन्छौं । उनको पहिचानलाई कुनै पार्टी या धारसंग नजोडि स्वतन्त्र नेपाली नागरीक अनि नेपाली नेतृत्व र दुरदर्शिताका कडिहरुमा यिनलाई ल्याउने आजको हाम्रो यो जर्मको रहनेछ ।
९ महिने नेतृत्वकालमा यि नेताको अगुवाईमा सामाजिक सुरक्षा भत्ताहरुको शुरुवात अनि मुख्यतया आफ्नो गाँउ आँफै बनाँउ, एक गाँउ एक उत्पादन र सामुदयिक वनको धारणा ल्याइएको थियो । यि सम्पूर्ण कुराहरु पछि गएर नयाँ नेपालको आधारशिला बने अनि बन्दैछन् पनि ।
काठमाण्डौं लाजिम्पाटमा सन् १९२० मा जन्म भएका यि नेताले आफ्नो बाल्यकाल पूर्वको बिराटनगरमा बिताए, सन् १९३८ मा वनारस पढ्न गएका यि नेतालाई प्रजातन्त्र र स्वतन्त्रताको अगाध स्नेह उत्पन्न भएको थियो । सन् १९४२ मा वनारसमा बिएस्सी अध्यानार्थ रहँदा उनी क्वाइट भारत अभियानमा पनि बेलायती उपनिवेशवादको बिरुद्ध सामेल भएका र पटक पटक पक्राउ परेका बताइन्छ ।
बिज्ञानको अध्ययन गरेका अधिकारी बिराटनगरमा आएर केमिकल कारखानामा काम गर्न थाले र यसै वखत नेपालमा पनि आन्दोलनको बिगुल बज्यो । बिराटनगर जुट मिल्सबाट पक्राउ गरेर काठमाण्डौ ल्याइएका नेताहरुमा गिरिजा प्रसाद कोइराला, बिशेश्वर कोइराला र मनमोह अधिकारी पनि रहेको बताइन्छ ।
सन् १९४९ को नेपाल कम्यूनिष्ट पार्टी गठनमा मनमोहन अधिकारीको नेतृत्वदायि भूमिका थियो । सन् १९५९ मा राजा महेन्द्रको कू पश्चात यिनी बिराटनगरमा पक्राउ परेका थिए, तत्कालिन कोशी अ१चल कमिस्नर दामोदर शम्शेर जबराको नेतृत्वमा अधिकारीलाई पक्राउ अनि थूनामा राखिएको थियो । बंगलादेश लिवरेशन वारमा निर्धक्कसंग त्यस आन्दोलनलाई भारतको पाकिस्तान बिरोधी कदमहरुको परिणाम भनेंर भन्ने निडर नेता अधिकारीको भनाई र दुरद्रस्टालाई बिभिन्न कालखण्डमा देखिएको छ ।
सन् १९९४ मा नेपाल कम्यूनिष्ट पार्टीको राष्ट्रिय सदभावना पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसंगको गठबन्धन सरकारको नेतृत्व गरेका अधिकारीले त्यसै ९ महिने शाषनकालमा सामाजिक सुरक्षा भत्ता र राष्ट्रिय स्वाभिमानका कुराहरु ल्याएको मानिन्छ । पछि नेपाली काग्रेसको मध्यावधि प्रस्ताव पारित भयो र अधिकारीको सरकार किनारा लाग्यो ।
चूनावी प्रचारको क्रममा काठमाण्डौं गोठाटारमा यिनलाई हृदयाघात भएपनि अस्पताल लिएर गइएको थियो । केहि दिनपछि यिनलाई मृत घोषणा गरियो । नेपालको बहुदलिय प्रजातन्त्रको आगमनका लागि अधिकारीको भूमिका कुनै पार्टी या धारभन्दा माथि रहेको बताइन्छ । गाँउ फर्कों अभियानका प्रादुर्भाव गर्ने अधिकारीले सदैव स्वतन्त्र अनि समुन्नत नेपालको परिकल्पना गरेका थिए भनी यिनलाई नजिकबाट चिन्नेहरुको भनाई छ । यिनको मृत्यूमा वासिंगटन पोष्टले समेत शोक सन्देश र समाचार प्रकशन गरेको थियो । दक्षिण एसियामै कम्यूनिष्ट आन्दोलन र मुख्यता समानताका आवाजहरुको नेतृत्वदायि भूमिकामा यि नेतालाई आजसम्म पनि संझना गरिन्छ ।
७५ वर्ष माथिका नेपाली नागरीकलाई भत्ता दिने निर्णयका अगुवा मनमोहनको जीवनमा धेरै पटक नेपाली कम्यूनिष्ट पार्टी भनें टुक्रियो, चुनावीसभामा ७८ वर्षका अधिकारी फुटेको पार्टीलाई जोड्न निकै सक्रिय त देखिए तर स्वास्थले यिनलाई साथ दिएन । लामो समयदेखि दम रोगका शिकार भएका अधिकारीलाई अन्नत चुनाव अघि नै हृदयाघातले लग्यो । यि नेताका नाममा बिभिन्न अस्पताल र हृदयरोग केन्द्र समेत खोलिएको छ, बिसं २०५६ साल बैशाख १३ गते पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको निधन भएको थियो ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा