Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

उच्च रक्तचाप हुनेले खान नहुने कुराहरु

१९ बैशाख २०७६, बिहीबार ०६:००


उच्च रक्तचाप हुने समस्या समाजमा बढ्दो छ , तनावग्रस्त जीवनशैली, खानपान अनि ब्यायामको कमीले हाम्रो रक्तचापलाई बढाइरहेको हुने कुरा अध्ययनहरुले देखाएको छ । आउनुहोस उच्च रक्तचाप हुनेहरुले खान नहुने केहि कुराहरुका बारेमा आज जानकारी लिऔं ।

१, चिनी र नुन
यि दुबै कुराहरु रक्तचाप उकालो लागीरहेका मान्छेले नखाएको या अति कम खाएको राम्रो मानिन्छ । अलिनो खाने नै भनेको त हैन तर सकेसम्म नुन या चिनीको मात्रा घटाउने सल्लाह चिकित्सकहरुको छ, यी कुराहरु अलिक बढि खानाले हाइपरटेन्शनको संभवना रहने बताइन्छ । स्वस्थ मान्छेले दैनिक २३०० मिलिग्रामसम्मको सुगर सेवन गर्न लाभदायक मानिन्छ अनि जहाँसम्म चिनीको कुरा छ चिनी पनि हाम्रो शरीरका लागि चाहिने कुरा हो । तर यसको पूर्ति चकलेट या क्लान्डीभन्दा पनि फलफूल लगायतका कुराबाट गराउनु राम्रो हो ।

२, डब्बाभित्रका खानेकुराहरु या क्यान खानेकुराहरु
आजभोली प्याक गरिएका अनि डब्बामा राखिएका बिभिन्न प्रिजरभेटिभ राखिएका खानेकुराहरुको चलन नेपालमा पनि बढ्दो छ तर यो स्वास्थका लागि भने खराब हो है । यस्ता खानेकुराहरु नखाने सल्लाह चिकित्सकहरुको छ तथापि क्यान बाहिरका गेडागुडि, तरकारी लगायतका कुराहरु भनें खान जरुरी रहन्छ ।

३, प्याकेटका सुपहरु
अहिले नेपाली समाजमा प्याकेटमा राखिएका बिभिन्न फ्लेबरका धुलो सुपहरु किनेर लैजाने र तातेपानीमा हालेर स्वस्थवर्धक सुपका रुपमा खाने चलन पाइन्छ । तर पसल या स्टोरमा सजिलै पाइने यस्ता सुपहरु रक्तचापका बिरामीका लागि मात्र नभई सबैजनाका लागि स्वस्थवर्धक नहुने अध्ययनले बताएको छ । यस्ता सुप किन्दा लो सोडियम डाइटको ट्याग छ वा छैन अनि के के हालेर बनाइएको छ त्यो पनि हेर्नुहोस् नत्र सुपको चक्करमा अत्याधिक नुन र प्रिजरभेटिभ त खाइरहेका हुँदैनौं ?

४, प्रोसेस्ड मासुहरु
ससेज या स्टेक या प्याटिजका रुपमा हामी प्रशोधित मासुहरु सेवन गरिरहेका हुन्छौं तर के यहाँहरुलाई थाहा छ कि त्यस्ता खानेकुराहरुले हाम्रो रक्तचापलाई नियन्त्रण बाहिर लिएर जान ठूलो भूमिका खेलिरहेका हुन्छन भन्ने ?
यस्ता मासुहरुमा बिभिन्न केमिकल अनि धेरै सोडियम अर्थात नुन हालेर बनाइएको हुन्छ, रक्तचापका लागि त यी कुराहरु खानु श्राप सरि हुन् ।

५, सफ्ट ड्रिकंहरु
सफ्ट ड्रिंकको चलन नेपालमा निकै समय अघिबाट रहिआएको र प्रचलित छ । चाडवाडमा त झन यो अपरिहार्य कुरा झैं भएको छ तर यस्ता पेय पदार्थले रक्तचापको समस्या उत्पन्न गराँउदछन् । क्याफिनेटेड सोडाले श्रणीक रुपमा हामीलाई सन्तुष्टि दिँदै खाना पचाउन सहयोग गरे झैं या अझ क्याफिन मिसाइएको सोडाले केहि आराम दिएको पनि आभाष हुन्छ तर तिनमा भएको अत्याधिक चिनीको मात्राले लामो समयमा हामीलाई मधुमेह र रक्तचापको रोग दिएर जाने पक्का छ ।

बरु यिनको साटोमा चिसो पानी, मिन्ट मिसाइएको पानी या ताजा जुस खानु फाइदाकारी रहन्छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम

काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या