
यमनमा युद्धरत साउदी सेनालाई जर्मनले दिँदैछ तालिम
२० बैशाख २०७६, शुक्रबार १०:००
यमनमा युद्धरत साउदी अरबका सेनालाई जर्मनले तालिम दिने श्रृखलालाई नरोक्ने बताएको छ । भर्खरै जर्मनले साउदी अरब र आसन्न देशहरुलाई हतियार भनें नबेच्ने घोषणा गरेको हो ।
अहिले प्रथम चरणमा ७ जना साउदी सेनालाई जर्मनले तालिम दिने भएको हो र यस्तो तालिममा मुख्यतया युद्ध रणनिति अनि हवाई सुरक्षा र आक्रमणका कुराहरु पनि प्रयोगात्मक रुपमा सिकाइने बताइन्छ । सन् २०२० मा तालिम दिइने यि ७ जनालाई यसै वर्ष जुलाई बाट जर्मन भाषाको तालिम दिन शुरु गरिने कार्यक्रम छ ।
गतवर्षको साउदी मूलका अमेरिकी पत्रकार खग्गोशीको हत्यामा साउदी राजकुमारको संलग्नता पाइएपछि जर्मन र साउदी बिचको समबन्ध अलिक चिसो भएपनि यस सैन्य तालिमको कुराले जर्मन र साउदी बिचको समबन्धमा नयाँ आयाम दिएको प्रष्ट छ ।
टर्कीमा पनि कुर्दिश सेना संगको युद्धमा अति महत्वपूर्ण र प्रभावकारी मानिएको लेयोपार्ड ट्याकंहरु जर्मन ले नै टर्कीलाई बेचेको हो । मध्यपूर्वका देशहरु लगायत अन्य यूरोपी देशहरुमा समेत जर्मनको हतियारको लोकप्रियता बढ्दो छ । अमेरिका, रसिया, चीन, फ्रान्स र बेलायतसंगै जर्मन पनि विश्वको मुख्य हतियार बेच्ने देशहरुमा पर्दछ ।
यमनको होथी बिद्रोही बिरुद्धमा ईमीराती सरकारले गरेको युद्धमा अहिलेसम्म ७० हजार बढिको मृत्यु भइसकेको छ, यमनको २ करोड ७० लाख जनसख्याँ यस युद्धबाट नराम्ररी प्रभावित छन् ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा