Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

चीनमा रमादानको व्रत लिन प्रतिबन्ध

२२ बैशाख २०७६, आईतवार १४:००


खबर चीनको जिगंज्यागं प्रान्तको हो । सरकारी कर्मचरी, बिधार्थी र शिक्षकहरुलाई चीनमा रमादानको व्रत नलिन भनेंर जिगंज्याग प्रान्तमा उर्दी जारी गरिएको छ । यसका साथै रेष्टुरेन्टहरुलाई पनि खुल्ला रहन सरकारी आदेश आएको खबर छ ।

आँउदो बिहिवारबाट रमादान शुरु हुँदैछ तर चीनको जिगंज्याग प्रान्तमा भनें यस वर्ष बाट रमादानको व्रतमा प्रतिबन्ध लगाँउदै सरकारी कर्मचारी, शिक्षक र बिधार्थीलाई व्रत नलिन र लिएको पाइएमा कारवाही हुने आदेश दिइएको छ । खाधान्न र ओखती बिभागको यस निर्देशनमा सम्पूर्ण खाधान्न विक्रेता र रेष्टुरेन्टहरुलाई सामान्य समय जस्तै समादान महिनाभरि खुल्ला रहन आदेश दिइएको छ । यस प्रान्तमा उइगुर मुसलमानहरुको बाहुल्यता छ तथापि हरेक वर्ष सरकारी संयन्त्रले रमादानलाई मान्न नदिन बिभिन्न कानुनहरु ल्याउने गर्दछ भनी देश विदेशका मुसलमान समुदायले आरोप पनि लगाएको पाइन्छ । उइगुर मुसलमान समुदाय र अन्य समुदाय बिच यस प्रान्तमा विगतमा सैयौं झडप र सैयौं हत्या भइसकेको इतिहास छ, प्रान्तको सरकारले भनें ईस्लामीक अतिवादी आतंकवादीहरुको यस क्षेत्रमा भय रहेको बताँउदै आएको छ । यस प्रान्तका सरकारी बिधालयहरुमा बिधार्थीहरुलाई मस्जिद जान हुँदैन, मुसलमान रितिरिवाजहरु मान्न हुँदैन भनेंर पनि पढाइने गरेको आरोप उइगुर रिलिफ कंग्रेसका प्रवक्ता डिल्स्याट रेक्सिटले बताए भनी अलजजिराले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा