Lifestyle Portal
  •   २१ असार २०७९, मंगलवार

रमाजान वा रमादान

२५ बैशाख २०७६, बुधबार १७:०४

सामाजिक सञ्जालहरुमा आजकल रामजान हो वा रमादान हो भनेर मानिसहरु विभाजित भएका देखिन्छन् । त्यस्तै, रमाजान मुबारक कि रमादान करिम भनेर अरुलाई शुभकामना प्रदान गर्नेमा पनि मतान्तर देखिन्छ । यिनीहरु अर्थमा आधारित छन् । भारत यस्तो भूमि हो जहाँ दिल्लीका सुल्तान तथा मुघलहरुका पालामा औपचारिक भाषा पर्सियन हुने गर्दथ्यो । बेलायतीहरुले समेत प्रशासनिक कार्य सम्हाल्नका लागि पर्सियन भाषा नै सिक्ने गर्दथे ।

विद्वान्हरु अरबिक भाषा जान्दथे र यसमा हिन्दावी, जसलाई आजकल उर्दू भाषा भनेर चिनिन्छ, भाषा पनि आत्मसाथ गरिएको भएपनि, पर्सियन भाषाको अत्यधिक प्रयोगल यो भाषा छायाँमा परेको थियो । अरबिक भाषामा २८ वटा अक्षरहरु हुने गर्दछन्, पर्सियालीमा ३२ भने पर्सियाली र अरबिक भाषाको मिसावट रहने उर्दूमा ३६ अक्षरहरु रहेका छन् । उर्दूका उच्चारणहरुमा स्वभाविक रुपमा पर्सियन उच्चारणहरुको प्रभाव रहन गयो । पर्सियनमा अरबिक अक्षर “ज्वाद”लाई “ज” को उच्चारण गरिन्छ न कि अरबिक भाषामा जस्तो “द” । यसकारण भारतीयहरु रामजान भन्ने गर्दछन् न कि रामदान । भारतीय मुसलमानहरु खाडीमा काम गर्न जाँदा अरबिक भाषाको प्रयोग गर्ने भएकाले केही वर्ष यतादेखि धेरैले यसलाई रमादान पनि भन्ने गरिएको हो ।

खासमा यसले केही वास्ता राख्दैन किनकी हामी उर्दू बोल्छौँ, अरबिक भाषा होइन । हामीले गर्ने प्रार्थनालाई अरबिक भाषामा सलाह भनिन्छ तर हामी उर्दूमा नमाज भन्छौँ भने व्रतलाई अरबिकमा सअम भन्दछन् भने हामी उर्दूमा रोजा भन्छौँ ।

यो महिनालाई जसले जे भनेर चिन्ने भएपनि, यसको वास्तविक उद्देश्य भनेको हाम्रो आस्थाअनुसार आत्माको शुद्धिकरणमा ध्यान दिनु हो ।
रमाजान एक महिनासम्म केही नखाई वा पिई भोकै वा प्यासी भएर व्रत बस्ने चाड मात्र होइन । यो भक्ति र उपासनाको महिना हो । आफुलाई नियन्त्रण गर्न र इच्छाशक्ति बलियो बनाउन सिक्नु नै यसको मूल उद्देश्य हो । रामजान त्यस्तो महिना हो जुनमा हामीले लालच र खराब कुराहरुबाट आफुलाई जोगाउँछौँ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको