
अमेरिका बुलेट र ब्याटल
२८ बैशाख २०७६, शनिबार १०:१०
सन् २०१८ को भ्यालेन्टाइन डे अर्थात फेब्रुअरी १४ मा पार्कल्याण्ड अमेरिकाको डग्लस हाईस्कुलमा गोली चल्दा १७ जनाको मृत्यु भयो । अमेरिकी इतिहासमा यो बहुतै दर्दनाक दिनमा रुपमा लिइएको छ । त्यसपछि अमेरिकामा युवाहरुले बन्दुक नियन्त्रण गर्न आन्दोलन निकै ब्यापक रुपमा चलाए, यो आन्दोलन बर्लिन, रोम, लण्डन र ईटालीमा समेत शुरु भयो । यस आन्दोलनलाई मार्च अफ आवर लाइभ्सका रुपमा अघि सारियो । बिधार्थीहरुले अन्य बिधार्थी र बिधालय क्षेत्रमा सुरक्षाका लागि यस अभियानलाई बिश्वभर निरन्तरता दिए र स्मरण रहोस् कि यस्ता आक्रमणहरु बिधालय परिसरमा सबैभन्दा बढि भएको पाइन्छ ।
अमेरिकाको फ्लोरिडामा न्यूनतम बन्दुक किन्ने उमेर १८ भएकोमा अहिले बढाएर २१ वर्ष बनाइएको छ । बिभिन्न लेखक र बिचारकहरुका अनुसार अमेरिकाको बन्दुक निती बिवेकपूर्ण छैन र बन्दुकधारीको बन्दुकसगंको समबन्ध धार्मीक खालको रहेको बताइन्छ ।
आफ्नो मनोभाव र बिछिप्त अवस्थाका कारणले समग्र समाज र इतिहासलाई नै दाग लाग्ने गरि यस्ता घटनाहरु बढिरहेको देखिन्छ । यस्ता घटनाक्रमहरु २१सौं शताब्दीको दर्दनाक हरर स्टोरीका रुपमा विश्वभरि नै भयको छाप छाड्ने घटनाक्रमहरु हुन् । अमेरिकाको पूर्णत सभ्य र प्रभावकारी समाजमा बुलेट बिरुद्धको यो ब्याटल अहिले निकै चर्चामा छ । फेरि अमेरीकी समाज चलचित्र, गेम र फेयान्टासीबाट निकै प्रभावित भएको पाइन्छ तसर्थ अमेरिकामात्र नभई सम्पूर्ण पश्चिमा समाजमा नै यस्ता गेम खाले हत्याप्रकरण निकै चर्चामा छ । केहि महिनाअघिको न्यूजिल्याण्डको मस्जिदको हत्याक्रममा भएका हतियार र भिडियो श्रृखला पनि कुनै गेम भन्दा फरक थिएन । आखिर कहाँ जाँदैछ हाम्रो समाज ? अमेरिकी समाजशास्त्रीहरुको प्रश्नहरु निकै उठ्न थालेको छ ।
कतै बन्दुकले अमेरिकी समाजलाई टुक्राइरहेको त छैन ?
हफिगंटन पोष्ट बाट
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग