
हामीले दैनिक जिवनमा गर्ने ५ गल्तीहरु
२८ बैशाख २०७६, शनिबार ०६:००
स्वस्थ्य रहन पाउनु सबैको अधिकार र कर्तब्य दुबै हो , हैन र ? तर यसो हुँदाहुँदै पनि हामीले आफुलाई स्वस्थ्य राख्न सकिरहेका हुँदैनौ । हाम्रो अस्वस्थ्यकर बानी अनि अनभिज्ञताका कारणले हामी अस्वस्थ्य बन्दै गएका कुराहरुको पत्तो हामीलाई नै हुँदैन् । आउनुहोस् आज छलफल गरौ, हामीले दैनिक जिवनमा गरिरहेका ५ वटा गल्ती जसलाई सुधारेमा हामी धेरै हदसम्म स्वस्थ्य बन्न सक्दछौ ।
गल्ती नंबर १ :
विहान छिटै नउठ्ने
बढ्दो शहरीकरण अनि ब्यस्त जिवशैलीले रातीसम्म बसेर काम गर्ने अनि विहान ढिलो उठ्ने क्रम बढ्दो छ । यो अत्यन्त नराम्रो हो, छिटो नउठ्नाले दिनभरि एकतमासको तनाब रहने आफ्नो ठाँउमा छ भने अर्कोतर्फ दिनको समय नै हाम्रो लागी छोटो बन्न पुग्दछ । विहानै उठेर सकेसम्म एउटा छोटो शारीरीक अभ्यास या मर्निगं वाल्क गर्ने वानी अत्यन्त फाईदाकारी छ ।
गल्ती नंबर २ :
प्रशस्त पानी नपिउने
दैनिक कार्यहरुको तनाव र ब्यस्तताका विच हामीले प्रशस्त पानी पिउन तर्फ ध्यान दिईरहेका हुँदैनौ । प्रशस्त पानी पिएमा शरीरले जम्मा गरेको विशाक्त पदार्थहरु पानीले पखाल्ने हुनाले पनि समय समयमा पानी पिउन जरुरी हुन्छ । पानी पिएपछी एक खालको शक्ति पनि प्राप्त भएको अनुभव हुन्छ, पानीको उचित सेवनले पाचन प्रणालीलाई पनि राम्रो बनाँउदछ ।
गल्ती नं ३ :
धेरै काम एकैपटकमा गर्न खोज्नु अर्थात मल्टीटास्कीगं
हामी सबैलाई हतार छ, एकै फेरमा धेरै भन्दा धेरै विभिन्न कार्य गर्न खोज्नाले पनि हामीमध्य धेरैलाई तनाव र विभिन्न शारीरीक एवं मानसिक रोग लाग्दछन् । स्मरण रहोस् संसारका केवल २ प्रतिशत जनसंख्याले मात्र मल्टीटास्कीगं राम्ररी गर्न सक्दछन् । दिमागलाई खुल्ला र खाली राखेर एक समयमा एकैवटा मात्र कार्यमा केन्द्रित भई गरेमा हामी तनाव मुक्त हुन्छौ र साथै हाम्रो उत्पादकत्वमा पनि बृद्धी हुन्छ ।
गल्ती नं ४ :
आफ्ना लागी समय नछुट्याउने
जिवनको दौडधुपमा हामी यति ब्यस्त हुन्छौ कि आफुलाई नै बिर्सन पुग्छौ । मानिस अझै पनि त्यही सामाजिक प्राणी हो जो ब्यक्तिगत र सामाजिक परिवेश विच बाँच्दछ । समाज र ब्यक्ति उसकालागी उत्तिनै महत्वपूर्ण छ । हामीले आफ्नो ब्यक्तिगत सोच, योजना अनि विचारकालागी पनि केही एकान्त समय विताउन जरुरी छ, आफु के गर्दा खुशी हुन्छु ? भोलीको दिनमा कसरी आफुलाई प्रस्तुत गर्ने अनि आफुमा आएका राम्रो परिवर्तनहरु मुल्याकंन गर्दै उत्साहीत र प्रेरित भएर अघि वढ्न ब्यक्तिगत समय जरुरी छ है ।
गल्ती नं ५ :
शिकारी तरिकाको खाना खाने वानी
हामी नेपालीहरु एउटा कुराकालागी अत्यन्त ज्ञानी छौ र त्यो हो, भोकै बस्न् । अनि जब भोकैपनाबाट केही खाना खाने मौका पाँउछौ तब हामी शिकारीले जस्तो हतार हतार फेरि पाउला या नपाउला भनेर खाईदिन्छौ । यो बानी अत्यन्त गलत हो है, समय समयमा खाने अनि कम्तीम एकपटक दिनको अत्यन्त स्वस्थ्यकर सन्तुलीत आहार गर्न जरुरी छ । राती अत्यन्त धेरै खाने अनि विहानै भौके पेटमा लामो मर्निगं वाकमा निस्कने वानी पनि गलत हो, राती हल्का खाने अनि विहान केही खाएर मर्निगं वाकमा निस्कनाले स्वस्थ्य राम्रो हुन्छ ।
धेरै माछामासु भन्दा पनि सागपात र फलफूलको पनि उचित सेवन जरुरी छ ।
यी ५ वानीहरुलाई सुधारेर अघि वढौ यस २०७६ सालमा ।
स्वस्थ्य नै धन हो ।
विभिन्न वेभसाईटहरुको अध्यनका आधारमा सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा