
किन रुचाउँछन् दक्षिण कोरियालीहरु रविन्द्रनाथ टैगोरलाई
२८ बैशाख २०७६, शनिबार १५:२२
भर्खरै रविन्द्रनाथ टैगोरको जन्मोत्सव मनाइएको थियो । हामीलाई थाहा नहुन सक्छ कि चर्चित कवि टैगोर दक्षिण कोरियालीहरुका लोकप्रिय मानिस हुन् । किन त ? यसबारे थाहा पाऔँ ।
दक्षिण कोरिया र भारतबीचको कुटनैतिक सम्बन्ध सन् १९६२ देखि नै स्थापना भएको भएपनि १९७३ मा गएर मात्र एकअर्काको देशमा दूतावास सञ्चालन गरेका, यी दुई राष्ट्रबीचको साँस्कृतिक सम्बन्ध भने निकै नै पुरानो छ । २० औँ शताब्दीको पूर्वाद्धमा भारतीय नोबेल विजेता रविन्द्रनाथ टैगोरले लेखेका केही हरफहरु व्यापक रुपमा युगौँसम्म फैलिएको थियो, र यसैबाट दक्षिण कोरिया र भारतबीचको साँस्कृतिक सम्बन्ध सुरु भएको थियो ।
एसियाको सुनौलो युगमा
कोरिया पनि उज्यालोको एक वाहक थियो,
अनि त्यो प्रकाश फेरि पनि प्रज्वलन हुनको लागि
पर्खिरहेको छ
पूर्वको ज्योति बन्नका लागि ।
–रविन्द्रनाथ टैगोर (१९२९)
यसमा विचित्रको कुरा के छ भने, टैगोरले कहिल्यै पनि दक्षिण कोरिया भ्रमण गरेका थिएनन् । उक्त देशका लागि उनले प्रयोग गरेका “पूर्वको ज्योति” भन्ने शब्दावलीले कोरियालीहरुको मस्तिष्कमा ठूलो प्रभाव पारेको थियो । टैगोरको ल्याम्प अफ द इस्ट भन्ने कविता नसुनेको दक्षिण कोरियाली सायदै भेटिन्छन् । यो कविता कोरियाका लागि भविष्यवाणी साबित भइदियो । नभन्दै छिट्टै नै अरु देशहरुमाझ दक्षिण कोरिया तारासरी उदाउन सफल भयो ।
टैगोरको कविताले कोरियाको ऐतिहासिक विरासतलाई भविष्यको “पूर्वको ज्योति”सँग जोडेको छ ।
सन् १९१६ मा रविन्द्रनाथ टैगोरले पहिलो पटक जापान भ्रमण गरेपश्चात् उनलाई यो कविता फुरेको हो । उनको सो भ्रमणमा, उनले जापानका विश्वविद्यालयहरुमा धेरै कोरियाली विद्यार्थीहरुसँग भेट्ने र उनीहरुको सँस्कृतिसंग साक्षात्कार हुने मौका पाएका थिए । २० औँ शताब्दीको पूर्वाद्धमा जापानले कोरियामाथि पकड जमाएको थियो भने कोरियालीहरु साँस्कृतिक विध्वंशमा पर्दै गइरहेका थिए । टैगोरले मानिसहरुमाझ यससम्बन्धी चेतना फैलाउनका लागि आफ्नो भ्रमणको सदुपयोग गरेका थिए । जापानको शहरहरुको भ्रमण गरिरहँदा उनले त्यहीँकै मानिसहरुमाझ जापानको हर्कतको बारेमा बोलेका थिए ।
जापानले त्यसबखत अर्को दमित राष्ट्रको नागरिकको आवाज भनेर उनको कुरालाई पन्छाउन खोजेको थियो, तर त्यो आवाज परिवर्तनको सम्वाहक थियो ।
जापानको आरोपको उत्तर पनि उनले द सङ अफ द डिफिटेड नामक कविताबाट दिएका थिए । उनको सो कविता यस प्रकार छः
उनी निराश आँखा लिएर मौन छिन्, उनले आफ्नो घर छोडेकी छिन् ।
उनको घरबाट रोदनको आवाज बोकेर ल्याएको छ हावाले ।
तर ताराहरु लाज र दुःखले भरिएको चेहेरामा अनन्तको प्रेमगीत गाइरहेका छन् ।
यस कविताले जापानको विजय हतियारको लज्जासपद जित भएको र कोरियाली मानिस र उनीहरुको संस्कृतिको पराजय नभएको बताउँछ । उनले चोय नाम सुन नामका जापानमा अध्ययनरत कोरियाली विद्यार्थीका लागि पनि कविता लेखेको बताइन्छ । सन् १९२४ र १९२९ मा गरेको भ्रमणमा, टैगोरले जापानको साम्राज्यवादी नीतिको निन्दा गरेका थिए । यसलगत्तै उनका कविताहरु कोरियाली भाषामा अनुवाद र प्रकाशन हुन थाले । उनका कृतिहरुले कोरियाली जनताहरुलाई आफ्नो देश र संस्कृतिमाथि विश्वास र आस्था बढाउन सहयोग गर्यो ।
जब सन् १९२९ मा टैगोरले ल्याम्प अफ द इस्ट कविताको रचना गरे, यसले उनीहरुमा आशा थप्यो । आजसम्म पनि उनको यो कविता कोरियाली पाठ्यक्रमको हिस्सा बन्दै आएको छ र विद्यालयहरुमा पढाइन्छन् ।
टैगोरले धेरै कोरियाली लेखकहरुका लागि प्रेरणाका स्रोत बने । यसकारण उनको प्रभाव कोरियाली साहित्यमा पनि पाइन्छ । एउटा त्यस्तो उदाहरण द साइलेन्स अफ लभका लेखक हान युङ उनको सिर्जना पनि हो । उनको यो कवितालाई आधुनिक कोरियाली कविताको कोसेढुंगा मानिन्छ । हानले आफटर रिडिङ टेगोरस् पोइम गार्डनरमा टेगौरप्रति उनको बुझाइ प्रस्तुत गरेका छन् । अर्का कोरियाली किम याङ शिक त सन् २००२ मा उनले टैगोरमाथि लेखेको कृतिका लागि भारत सरकारको पद्मश्री पदकबाट सम्मानित भएका थिए । किम याङ शिकले टैगोरका कृतिहरुलाई अंग्रेजीबाट कोरियाली भाषामा अनुवाद गरेकी थिइन् र सन् १९८१ म टैगोर सोसाइटी अफ कोरियाको स्थापना गरेकी थिइन् ।
सन् २०११ म रविन्द्रनाथ टैगोरको एक सय ५० औँ जन्मजयन्तीको अवसरमा कोरियाको कोरियाली राजधानीको साँस्कृतिक थलोका रुपमा चर्चित स्थल डेहांग्रोमा टैगोरको तामाको अर्धकद प्रतिमाको प्रतिस्थापन लोक सभाका सभामुख मिरा कुमारले गरेका थिए । दक्षिण कोरियाको राजधानीमा कुनै पनि विदेशी मुलका नागरिकको शालिक प्रतिस्थापन भएको यो पहिलो घटना थियो ।
यसकारण, टैगोरले भारत र दक्षिण कोरियाबीच सम्बन्ध बनाउन महत्वपूर्ण र अर्थपूर्ण भूमिका खेलेका छन् । उनको पूर्वका ज्योतिप्रतिको माया र प्रशंसाले कोरिया र दक्षिण कोरियाबीचको सम्बन्धलाई विश्वसामु चिनाइरहनेछ ।
:: सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत