Lifestyle Portal
  •   २७ पुष २०७८, मंगलवार

IPL 2019: मलिङ्गाको अंतिम बलमा मुम्बई इण्डियन्स १ रनले बिजयी

३० बैशाख २०७६, सोमबार ००:३१

साँसै रोक्किने खेलमा चेन्नई सुपर किंग ले १ रनको हार बेहोरेको छ । ब्याटिङमा आक्रामक हुन नसकेको मुम्बई इण्डियन्सले आफ्नो बलिङ स्पेलमा आक्रामक बलिङको प्रदर्शन गर्दै इण्डियन प्रिमियर लीग (IPL) को १२ औं सिजन को फाइनल खेलमा धोनीको टोली चेन्नई सुपर किंग्सलाई हराउँदै टुर्नामेन्टको ट्रफि आफ्नो नाम गरेको हो ।


हैदराबादको राजीव गान्धि इन्टरनेशनल रङ्गशालामा खेलिएको फाइनल खेलमा पहिले ब्याटिङमा ओर्लिएको मुम्बई इण्डियन्सको टोलीले ८ विकेट गुमाएर केवल १४९ रन बनाएको थियो । जवाफमा चेन्नई अन्तिम् ओभरको अन्तिम् बलसम्म १४८ रन मात्र बनाउन सक्यो । यसकासंगै मुम्बई इण्डियन्स ४ पटक IPL मा बिजयी हुने पहिलो टोली पनि बनेको छ ।


मलिङ्गाले अन्तिम् ओभरमा ७ रन खर्चिंदै २ विकेट लिए । जसमा दोश्रो विकेटको रुपमा अन्तिम् बलमा गतियूक्त योर्करमा सर्दूल ठाकूर निरिह देखिए, बल सिधै उनको देब्रे खुट्टामा लाग्यो र त्यो एम्पायरको औंला उठन काफी थियो, ठाकुर LBW आउट भएसंगै मुम्बई ईण्डियन्सले जित दर्ता गर्यो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी

नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याउने पक्षलाई पाखा पारेर निर्वाचनमा कसरी पहिलो पार्टी बनाउनुहुन्छ भन्दै प्रश्न