Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

कालिया सर्पको वध

३१ बैशाख २०७६, मंगलवार ०६:००


कृष्णले कादम्बको रुखमा चढेर कालियालाई झुक्याउन यमुनामा हाल्फाले, उन्का पवित्र गोडाका स्वर्शले श्राप लागेर सुकिसकेको वृक्ष पनि हराभरा भयो । आउनुहोस् आज विष्णुपुराणका केहि अवयवहरु झिकौं, कुरा गरौं ।

विष्णुपुराणले कृष्णको वृन्दावन गमनको प्रथम दिनलाई बहुतै रोचक अनि पवित्र हिसाबले ब्याख्या गरेको छ । जुन दिन कृष्ण वृन्दावन गए र टेके त्यस दिन वृन्दावनका वन अनि हरियालीहरु रोम रोम पुलकित भएको थियो । उता अर्का अवतार रामको गोडाले पत्थरलाई स्पर्श गर्दा अहल्याको पूर्नजागरण पनि राजा भोजको कथामा उल्लेख छ ।

राक्षस कालियाका पत्नीहरुले जब आफ्ना पुरुष कालियालाई कृष्णको गोडामुनी चेपिएर मृत्युवरण गरेको देखे तब उनीहरुमा श्रीमान वितेको विस्मात भन्दा कृष्णको गोडाको पवित्र स्पर्श पाउने चाह धेरै भएको भनि स्वामी किदाम्वी नारायणले आफ्नो विवेचनामा लेखेका छन् ।

कालियाका श्रीमतीहरुले कृष्णलाई पीतासमान मानेर आफ्ना श्रीमानको नराम्रो कार्यप्रतिको दण्ड दिएको र धर्मको पूर्नस्थापनाका लागि यो कुरा जरुरी भएको भनी बताए । कालिया एक नाग हुन्, जीवात्मालाई परेको श्रापका कारणले उनी नागको रुपमा जन्मेका हुन्छन् । कृष्णको दण्डसंगै कालिया अब श्राप मुक्त भएका हुन्छन्, उन्को मृत्युले एउटा नयाँ अध्यायको शुरुवात गरेको पाइन्छ । हाम्रा श्रीमानले पूर्वजन्ममा राम्रो काम गरेको हुनपर्दछ नत्र कृष्णको पवित्र गोडाको स्पर्श शिरमा भई मर्न पाउने सौभाग्य कहाँ पाइन्छ र ? कालियाका श्रीमतीहरुको भनाई यस्तो थियो भनी विष्णुपुराण्मा पनि लेखिएको छ ।

स्वय महालक्ष्मीले पनि कृष्णको गोडाको स्पर्शका खातिर लामो समयसम्म तपस्या गरेकी तथ्य पनि छ । तामासीक गुणहरुले मेरा श्रीमान सर्पको जुनी धारण गरि बस्नुपरेपनि अब भनें उनलाई स्वर्गलोक या ब्रक्मलोक प्राप्त हुनेछ भनी कालियाका श्रीमतीहरु मख्ख थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा