Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

स्यासी नेपाल म्यागजीनको पहिलो प्रतिलिपी सार्वजनीक

३१ बैशाख २०७६, मंगलवार १६:४९


नेपालमा म्यागजीनको एक तमासको मोह र चाख छ पाठकवर्गमा । अनि जबजब विशेष शहरिया अनि फेशनका कुराहरु आँउछन् तब तब नेपाली पाठकवर्गले अन्तराष्ट्रिय स्तरका सामाग्री अनि गुणस्तर भनें नपाएको तथ्य आँउदछ ।

नेपाली म्यागजीनको उत्पादनको श्रृखलाको कुरा गर्दा बालपत्रिका मुना, सुनकेस्रा, यूवामञ्च लगायत अन्य थुप्रै म्यागजीन अनि शारदा लगायतका केहि नेपाल र केहि भारतबाट प्रकाशित भएको एतिहासिक म्यागजीनको इतिहास पनि छ । यसैक्रममा म्यागजीनको यसै नक्षत्रमा निकै लामो समयदेखि कार्यरत एक अभ्यस्त समुहले नेपालमा फेशन, ग्ल्यमर अनि सामाजिक सामाग्रीको एउटा विशेष संगालो ल्याउने भएको छ । स्यासी नेपाल म्यागजीनका नाममा यस म्यागजीनको शुरुवात भएको छ र यस्को प्रथम कपिको मुख्यपृष्ठ हामीले यसै आलेखसंग प्रकाशन गरेका छौं ।

दशकौं देखि नेपाली फेशन, ईभेन्ट आयोजना अनि म्यागजीनका क्षेत्रमा कार्यरत समीर धौगोडा, संविधान आर्चाय लगायत अन्य अभ्यस्त समुहहरुको यस स्यासी नेपाल म्यागजीनका संलग्नता रहने भएको छ ।

यस्का अलावा लेखकका रुपमा नेपालमा सर्वाधिक डाउनलोड भएको मोबाइल एप हाम्रो पात्रो का कल्चरल रिर्सचर एवं लेखक र बिभिन्न दैनिक पत्रिकाहरुमा मध्यपृष्ट लेखकका रुपमा देखिइरहेको अनि पढिरहेको लेखक सुयोग ढकालले पनि यस अंग्रेजी म्यागजीनमा आफ्नो आलेख कोर्ने भएका छन् ।

स्यासी नेपाल विशुद्ध नेपालीपना भएको तर विश्वव्यापी जाने सामाग्री र इभेन्टहरुको संगालो हो, व्यबस्थापकीय प्रमुख समीर धौगोडाले बताए । नेपालीपनालाई पूर्नभाषित गर्ने यस अन्तराष्ट्रिय म्यागजीनको सफलताको शुभकामना । प्रथम लुक्समा मुख्य पृष्ठमा मोडल मनिता देवकोटालाई फिचर गरिइएको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा