
तरकारीमा अक्सीटोसिनको प्रयोग
३ जेष्ठ २०७६, शुक्रबार ०६:२५
तरकारी र फलफुलमा अक्सीटोसिनको प्रयोग भरपुर मात्रामा भएको छ । यसले स्वास्थमा बहुतै हानी गर्दछन् तर पनि यसको रोकथाम र जाँच गर्ने प्रविधिमा सरोकारवालाको ध्यान जान सकेको छैन ।
प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार नेपाली किसानहरुले अक्सिटोसिन तरकारी र फलफूलमा हालेको छ कि छैन भनी परीक्षण गर्ने विधि नेपालमा छैन् । सुवेदीका अनुसार हर्मोन हाल्दा किसानलाई फाइदा हुँदैन किनभने एउटा भायलको रु। १०० देखि १५० पर्छ । हरेक बोटमा हर्मोन हाल्न झन्झटिलो पनि हुन्छ ।
तथ्य जाँच गर्ने संस्था स्नोपसले २६ जनवरी २०१८ मा यस विषयमा एउटा रिपोर्ट प्रकाशन गरेको थियो । सो रिपोर्टका अनुसार भारतीय किसानले तरकारी र फलफूलको आकार बढाउन अक्सिटोसिन प्रयोग गर्छन् भनी बेलाबेलामा सञ्चारमाध्यममा खबर आउने गरेका छन् । तर यो कति व्यापक रुपमा प्रयोग हुन्छ भन्ने कुरा अस्पष्ट छ ।
सो रिपोर्टका अनुसार किसानले फलफूल र तरकारीमा अक्सिटोसिन हाल्छन् भनी आएका सबैजसो रिपोर्ट भारत सरकारले कृषिमा हुने गैरकानुनी काम विरुद्ध कारवाही गर्ने भनी गरेको निर्णयसँग सम्बन्धित थिए । भारत सरकारको कारवाही दूध र दूधबाट बनेका सामानमा केन्द्रित थिए । तरकारी र फलफूलमा यसको प्रयोगसम्बन्धमा त्यति ध्यान दिइएको थिएन ।
सो रिपोर्टका अनुसार, तरकारी र फलफूलमा अक्सिटोसिन हाल्ने काम भारत र अन्य ठाउँमा कति ब्यापक छ भन्ने विषयमा वैज्ञानिक अध्ययन भएको छैन् ।
साउथ एसिया चेकको प्रतिवेदन अनुसार
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान