
अमेरिकामा बिपतमा परेका बिजयको लागि इन्टरनेटबाट सहयोग जुट्दै
३ जेष्ठ २०७६, शुक्रबार २१:२०
अमेरिकाको डेस प्लेन्स इलिनोइस शिकागो निवासी बिजय प्रसाद रेग्मीको सहयोगका लागि संसार भरिबाट मानिसहरु अनलाईनको माध्यमबाट एकजुट हुन थालेका छन् ।हृदयघातका कारण आधा शरिर प्यारालाइज र दुबै किड्नी फेल भएको भनिएका बिजय प्रसाद रेग्मीको उपचारका लागि इन्टरनेटबाट सहयोग संकलन गर्ने वेबसाइट गो फण्ड मि डटकमबाट दुइ दिनमा १२ हजार डलर (करिब साढे तेह्र लाख नेपाली रुपैयाँ ) भन्दा बढि सहयोग संकलन भइसकेको छ । ५० हजार डलर सहयोग संकलन गर्ने उद्देश्यका साथ उनको श्रीमती प्रतिमा रेग्मीले बनाएको सहयोग पेजमा १ सय ६० भन्दा बढि व्यक्तिहरुले सहयोग गरिसकेका छन् ।
पालमा मोरगंको सलकपुर निवासी बिजय बसाई सरेर अमेरिका गएका हुन् । सहयोग पेजमा बिजय परिवारको एक्लो काम गर्ने व्यक्ति भएको र श्रीमतीसहित उनीहरुको १४ र ४ वर्षिय दुइ छोराको परिवार उनीमा नै आश्रीत रहेको बताइएको छ ।
बिजयलाई भएको के हो ?
गत मे ४ का दिन स्ट्रोकका बेहोस भएर लडेपछि बिजयलाई तत्काल अस्पताल पुयाएपछि दिमागमा रगत जमेका कारण बेहोस भएको बताइएको थियो । यसबाट उनको बाँया शरिर पुर्ण रुपमा प्यारालाइज भएको छ । हाल बेहोसी (कोमा) मा रहको उनको अमेरिकाको लुथरन जनरल अस्पतालमा उपचार भइरहेको छ ।
कसरी गर्ने सहयोग ?
उनलाई https://www.gofundme.com/bijayregmi लिंकमा गएर सहयोग गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले