
पाकिस्तानमा एचआईभी प्रकोप
४ जेष्ठ २०७६, शनिबार ११:२५
एकजना डाक्टरको लापरवाहीले दक्षिणी पाकिस्तानमा सैयौं बालबालिकालाई एचआईभी संक्रमण गरेको खबर छ । ति डाक्टरले बालबच्चालाई खोप लगाउन जाँदा संक्रमित सुईले लापरवाही गरेको खबर छ । सिन्ध प्रान्तको लकारना गाँउमा केहि महिना अघि ५ वटा स्क्रीनीगं सेन्टरहरु बनाइएका थिए । यीनै सेन्टरबाट सेवा त दिइयो तर संक्रमण पसिन सारियो, यो चरम लापरवाहीका विषयमा सरकार भनें मौन छ ।
ति डाक्टरहरुको लापरवाही प्रति स्थानीयहरु निकै रुष्ट छन् । सामान्य ज्वरो आँउदा पनि आमाबुवाहरु दौडदैं एचआईभी परीक्षणका लागि रुवावासी गर्दै पुग्न थालेका छन्, स्थिती भयावह छ भनी अलजजिराले लेखेको छ ।
सन् २०१७ मा मात्रै नयाँ २० हजार संक्रमणहरु पाकिस्तानमा फेला परेका थिए, सुई लगाउने दुव्यर्सन र यौनकर्मीहरुमा यो संक्रमणको दर निकै छ । तथापि सामान्य स्वास्थसेवा ग्राहीमा पनि लापरवाहीको चरमताले यो दर बढेको देखिन्छ । यूएन एड्सको प्रतिवेदन अनुसार पाकिस्तान भरि ६ लाख यस्ता स्थानीयर लापरवाही गर्ने डाक्टरहरु छन् जस्मा २ लाख ७० हजार त सिन्ध प्रान्तमा मात्र छन् । यस्ता डाक्टरले सुईमा खर्च बचाउन एउटै सुई धेरैमा प्रयोग गर्दछन् र यस्ले संक्रमणको जोखिम बढाँउदछ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग