
भत्केका स्कूल, बनेका स्कूल
६ जेष्ठ २०७६, सोमबार ०७:१०
शिक्षा मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९शिक्षा० ले प्रकाशितगरेको ‘विद्यालय पुनर्निर्माणका झलक २०७४’ अनुसार २०७२ साल वैशाखको भूकम्पबाट ३१जिल्लाका ७,९२३ विद्यालयका २१,१६९ कक्षाकोठा पूर्ण रुपमा १२,५२२ कक्षाकोठा अधिक रुपमा र १५,९९० कक्षाकोठा आंशिक रुपमा क्षति भएकाथिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७३ वैशाखमा प्रकाशित गरेको विपद्पश्चात पुनर्उत्थान ढाँचाले विद्यालय क्षेत्रको पुनर्निर्माण ३ वर्ष भित्र सम्पन्नगर्ने लक्ष्य राखेको थियो । २०७२ फागुन १७ गते शिक्षा मन्त्रालय अन्र्तगतकेन्द्रीय आयोजना कार्यान्वयन इकाइको ( शिक्षा ) स्थापना गरी भूकम्पबाट क्षतिग्रस्तभएका विद्यालयको निर्माण अभियानका रुपमा सञ्चालन गरिएको थियो । इकाइ स्थापना भएको३३ महिनामा ४,०९८ विद्यालयको निर्माण सम्पन्न भएको छ, १,९९०विद्यालय निर्माणाधीन अवस्थामा छन् भने ३७७ विद्यालय निर्माण छनोट गरिएका छन् । ३,८२५ विद्यालयको निर्माण हुन बाँकी छ।
पुनर्निर्माणको अवस्था
निर्माणकर्ता | विद्यालय व्यवस्थापन समिति | निर्माण व्यवसायी | गैरसरकारी संस्था | जम्मा |
निर्माण सम्पन्न | ३,१९४ | ३७ | ७५८ | ४,०९८ |
निर्माणाधीन | १,४३७ | ३४१ | २१२ | १,९९० |
निर्माणका लागि छनोट भएका | २०३ | १५४ | २० | ३७७ |
जम्मा | ४,९३४ | ५३२ | ९९० | ६४५६ |
स्रोतः केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) को वेबसाइट, २०७५ कार्तिक ३ गते अपलोड गरिएको महालेखापरीक्षकको पचपन्नौं वार्षिक प्रतिवेदन, २०७४ अनुसार स्रोतसुनिश्चित भएकामध्ये सर्भेक्षणको क्रममा रहेका, निर्माण कार्य शुरु भएका, निर्माण प्रक्रिया शुरुनभएका र निर्माण कार्य सम्पन्न भएका विद्यालय भवनको अवस्था निम्नानुसार छः
स्रोत/संस्था | जम्मा भवन संख्या | सर्भे चरणमा रहेका | निर्माणधीन | निर्माण सम्पन्न | निर्माण प्रक्रिया सुरु नभएका |
नेपाल सरकार /विद्यालय व्यवस्थापन समिति | ३,४६३ | ५६४ | ९३६ | १,९६३ | – |
एसियाली विकास बैङ्क | १६२ | – | १६२ | १ | |
जाइका | २४० | ७७ | १०९ | १ | ५३ |
ए.डी.वी –प्रकोप जोखिम न्यूनीकरण | ३०० | १२५ | – | – | १७५ |
भारत सरकार | ७० | ७० | – | – | – |
चीन सरकार | १८ | ७ | २ | – | ९ |
गैरसरकारी संघ/संस्था | १,५५० | – | २५० | ९२६ | ३७४ |
स्रोत : २०७४ वैशाखमा प्रकाशित महालेखापरीक्षककोपचपन्नौं वार्षिक प्रतिवेदन, २०७४
साउथएसिया चेकको प्रतिवेदन साभार
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको