Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

एमबीबीएस र ईन्जिनियरिगंको निशुल्क प्रवेश परीक्षा र तत्कालै परिणाम थाहा हुने

६ जेष्ठ २०७६, सोमबार १२:२७


आँउदो जेष्ठ ९ बाट शुरु हुने हिसान एडु फेयरमा बिभिन्न कलेजहरुले आफ्नो स्टलहरु राख्ने र आफ्नो शिक्षा सुविधाहरु झल्काउने छन् । यस वर्षको एसईई परीक्षा समापन संगै अब धेरै बिधार्थीहरु आफ्नो सपना पुरा गरिदिने कलेज र शिक्षण प्रणालीको खोजिमा छन् ।
यसै क्रममा यस वर्षको हिसान एडु फेयरमा केहि नयाँ हुने र प्रविधिमैत्री प्रदर्शन र प्रणालीहरुको झल्को आउने जानकारी छ । यसै वर्षबाट काठमाण्डौं कालिमाटीमा रहेको काठमाण्डौं कलेज अफ सेन्ट्रल स्टेटले आफ्ना प्लस २ साइन्स संकायका बिधार्थीहरुलाई अनलाईन शिक्षण प्रणाली पनि लिएर आउँदैछ, यस प्रणालीमा बिधार्थीहरुले सहजै अनलाईनमा लेक्चर नोट्स, भिडियो लेक्चर लगायत एमबीबीयस र ईन्जीनियरिगंको प्रवेश परीक्षाको मक सिरिजहरु घरै बसीबसी दिन सक्नेछन् । यसो गर्दा बिधार्थीहरुको ज्ञान र सीप दुबैको बिकास हुने र भविष्यमा आफ्नो डाक्टर र ईन्जिनियर बन्ने सपना सकार पार्न पनि सहज हुने देखिन्छ ।

विश्वका धेरै विकसीत देशहरुमा अनलाईन शिक्षण पद्धतिको बिकास र प्रयोग ब्यापक भएकोमा नेपाली शिक्षण पद्धति भनें अझै पनि परम्परागत धारमा नै छ । प्रविधिलाई प्रयोग गरेमा दण्ड दिने र बिधार्थीलाई दुरुत्साहित पारिने चलन नेपालमा धेरै कलेजहरुमा आजका दिनसम्म पनि छ । अहिलेका बिधार्थीहरु अधिकतम समय अनलाइनमा बिताउने र त्यहीं सिकाईका कुराहरु पनि राख्न सके उनीहरुको सिकाई प्रक्रिया र प्रभावकारीतामा थप सुदृढिकरण आउनेछ भन्ने कुरामा कुनै दुईमत छैन ।

यस वर्षको हिसान एडुफेयरमा काठमाण्डौं कलेज अफ सेन्ट्रल स्टेटको स्टलमा बिधार्थीहरुले अनलाईन प्रवेश परीक्षा सहजै दिन सक्ने र तत्कालै परिणाम पनि थाहा हुने प्रावधान छ । यो नेपालमा विल्कुलै नयाँ कुरा हो, प्लस २ बिज्ञान पढ्न चाहने बिधार्थी र डाक्टर या ईन्जिनियर बन्ने चाह भएका बिधार्थीका लागि यो खुशीको कुरा हो ।

लाइभमाण्डु

निशुल्क एमबीबीएस र ईन्जिनियरिगंको प्रवेश परीक्षाको मक परीक्षा दिन लाई निम्न लींकमा क्लीक गर्न सकिन्छ ।

Satsom.com

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,