फेरि मोदी नै उदाउने हुन त ? मत गणनाको LIVE अपडेट हेर्नुहोस्


६ अर्व मतहरुको गणना कार्य शुरु भएको छ । विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रीक अभ्यास गर्ने देशको भाग्यरेखा कोर्ने यस मतगणनामा आज विश्व समुदायले नै विशेष चाख राखेको छ । भारतको स्वतन्त्रतापछिको इतिहासमा ६७ प्रतिशत भोट खसेको यो सर्वाधिक ठूलो रेकर्ड हो, ९० करोड मतदातामध्ये ६७ प्रतिशतले गत महिनाहरुमा ७ चरणमा भएका मत श्रृंखलाहरुमा मत हालेका हुन् । हुन त एक्सीट पोलहरुले वर्तमन प्रधानमन्त्री मोदीको पूनरागमनलाई बहुमतका साथ हुने देखाएको छ तथापि एक्सीट पोलहरुको अनुमान गलत हुन सक्ने तथ्य पनि उत्तिकै छ ।


५४२ चुनाव क्षेत्रमा निर्वाचनहरु भएका र २ वटा क्षेत्रमा भनें राष्ट्रपतिले मनोनयन गर्न सक्ने प्रावधान छ । बहुमतका लागि २७२ सिट ल्याउन पर्ने र ति एमपीहरुले प्रधानमन्त्रीको चयन गर्ने प्रावधान छ । भाजपा र काग्रेस आईको स्पष्ट प्रतिस्पर्धा छ र प्रधानमन्त्रीका लागि राहुल गान्धी र नरेन्द्र मोदीको दावेदारी भएको स्पष्ट देखिन्छ । पछिल्ला वर्षका आफ्नो शाषनकालमा भाजपाका नेता र प्रधानमन्त्री मोदीलाई अल्पसख्यंक मुसलमान लगायत अन्य धर्मका समुदायलाई थिचोमिचो गरेको र हिन्दुत्वको निकै वकालत र अरु धर्मलाई पक्षपात गरेको आरोप छ ।

शक्तिशाली क्षेत्रिय पार्टीहरु वहुजन समाजवादी पार्टी, समाजवादी पार्टीहरु लगायत अन्य पार्टीहरु भाजपाका लागि निकै चुनौति भएको देखिन्छ । २०१४ को पार्लीयमेन्टरी चुनावमा यि पार्टीहरुले ८० मध्य ७१ सिट ल्याएर सत्तारुढ भाजपालाई निकै राम्रो प्रश्न दिएर गएका हुन् । हेरौं यस चुनावमा क्षेत्रिय पार्टीहरुको अवस्थितिले कस्तो परिवेश बनाउनेछ ?

उता अर्कोतर्फ वर्तमान प्रधानमन्त्री मोदी र पार्टी अध्यक्ष अमित शाहले आगामी सत्तासमीकरणका लागि योजना नै बनाउदैं मन्त्री चयन समेत गर्न थालेको खबर पनि भारतीय सञ्चार माध्यमले प्रकाशमा ल्याएका छन् । भाजपाका प्रवत्ता जिविएल नरसिंहले आफ्नो पार्टीसंग भारतीय जनताको भावना जुडेको बताएका छन्, अवस्था हेर्दा भाजपा लगभग आफ्नो जीत मनाउन तयार देखिन्छ ।

उता कांग्रेस आईले भनें भाजपा शाषनकालमा ४५ वर्ष यताको सर्वाधिक धेरै बेरोजगारी श्रृजना भएको र बेरोजगारी दर ४५ प्रतिशत पुगेको आरोप लगाएका छन् । चुनावी दौरानमा बेरोजगार दर, राफाल घोटाला लगायत केहि मुख्य बुँदाहरुमा भाजपालाई फितलो प्रमाणित पनि गरिएको छ ।

फ्रान्सको फाइटर जेट खरिद प्रकरणमा स्पष्ट भ्रष्टाचारको आरोप लगाएको अवस्था पछि भाजपा चुनावी दौरमा केहि फितलो नभएको हैन , तथापि पछि पुलवामा आक्रमणपछि उर्लेको राष्ट्रवाद र प्रतिकारको श्रृखलामा भाजपाले जनताको भावना निकै भजाउन सफल भएको देखिन्छ । भोपालमा भाजपाकी उम्मेदवार साध्वी प्रज्ञा ठाकुर मुसलमान अल्पसख्यंकमाथि बम आक्रमणकी प्रमणित आरोपी हुन् । यस विषयमा पनि भाजपा विवाद मा छ ।

हिन्दु अतिवाद र पक्षपाती धारणाका कारण भारतीय जनतामा भाजपाको फितलो परिवेश पनि नभएको हैन तथापि हिन्दु सनातन धर्मावलम्बी, शाहाकारी समुदाय र त्रिपल तलाखका विरुद्ध ल्याउने नियमका आशामा रहेका मुसलमान सुमदयाका महिलाहरुको पनि भाजपालाई मत जाने स्पष्ट देखिन्छ । नरेन्द्र मोदीका पछिल्ला चुनावी प्रतिज्ञाहरुमा त्रिपल तलाख, बाबरी मस्जिद काण्ड आदि अझै बिच बाटामै अड्केका छन्, तथापि वाककलाका चतुर अनि रणनितिका माहिर खेलाडि मोदीले यस पाली पुराना राजनितिक घरानाका नयाँ खेलाडी राहुल गान्धीलाई मात दिन्छन् त ?
अब केहि घन्टामै थाहा हुनेछ ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...