
भारतमा दोश्रो कार्यकालमा ‘मोदी’!
९ जेष्ठ २०७६, बिहीबार १७:२१
मतगणना जारी छ, मोदी पूनः भारतीय प्रधानमन्त्री बन्ने लगभग पक्कापक्की जस्तो छ भनी धेरैको अड्लबाजी देखिन्छ । यो भारतमा पहिलो पटक हो जब कांग्रेस बाहेकका कुनै अन्य पार्टीका प्रधानमन्त्रीले दोश्रो कार्यकाल पनि चुनिएका छन्, मोदीको दोश्रो कार्यकाल त्यसकारण पनि एतिहासिक छ ।
५४२ मध्य भाजपा ले नेतृत्व गरेको नेशनल डेमोक्रेटिक अलायन्स गठबन्धनले ३४० सिटमा अग्रता लिइरहेको छ । उता कांग्रेले नेतृत्व गरेको ईण्डियन नेशनल काँग्रेसले भनें १०० भन्दा कम क्षेत्रमा मात्र मतगणनामा अग्रता लिएको छ । त्यस मध्य पनि कांग्रेस आईले भनें केवल ५० वटा सिटमा मात्र नेतृत्व गरेको छ । सन् २०१४ मा कांग्रेसले केवल ४४ सिटमा विजय पाएको हो, यस वर्ष काँग्रेसको त्यस हिसाबले सिट संख्या भनें बढेकै हो ।
२७२ सिट मात्र विजय भएपनि उक्त गठबन्धनले बहुमतको सरकार पाउनेछ अनि गठबन्धनका एमपीले प्रधानमन्त्री छान्नेछन् ।उता अर्कोतर्फ वर्तमान प्रधानमन्त्री मोदी र पार्टी अध्यक्ष अमित शाहले आगामी सत्तासमीकरणका लागि योजना नै बनाउँदै मन्त्री चयन समेत गर्न थालेको खबर पनि भारतीय सञ्चार माध्यमले प्रकाशमा ल्याएका छन् । भाजपाका प्रवत्ता जिविएल नरसिंहले आफ्नो पार्टीसंग भारतीय जनताको भावना जुडेको बताएका छन्, अवस्था हेर्दा भाजपा लगभग आफ्नो जीत मनाउन तयार देखिन्छ ।
उता कांग्रेस आईले भनें भाजपा शाषनकालमा ४५ वर्ष यताको सर्वाधिक धेरै बेरोजगारी सृजना भएको र बेरोजगारी दर ४५ प्रतिशत पुगेको आरोप लगाएका छन् । चुनावी दौरानमा बेरोजगार दर, राफाल घोटाला लगायत केहि मुख्य बुँदाहरुमा भाजपालाई फितलो प्रमाणित पनि गरिएको छ ।
फ्रान्सको फाइटर जेट खरिद प्रकरणमा स्पष्ट भ्रष्टाचारको आरोप लगाएको अवस्था पछि भाजपा चुनावी दौरमा केहि फितलो नभएको हैन , तथापि पछि पुलवामा आक्रमणपछि उर्लेको राष्ट्रवाद र प्रतिकारको श्रृंखलामा भाजपाले जनताको भावना निकै भजाउन सफल भएको देखिन्छ । भोपालमा भाजपाकी उम्मेदवार साध्वी प्रज्ञा ठाकुर मुसलमान अल्पसंख्यकमाथि बम आक्रमणकी प्रमणित आरोपी हुन् । यस विषयमा पनि भाजपा विवादमा छ ।
सुयोग ढकाल
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा