Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

भारतीय चुनाव नतिजा, नेपाली राजनीतिलाई स्पष्ट संकेत !

१० जेष्ठ २०७६, शुक्रबार १३:२७


सन् २०१४ मा करिब त्यस्तै गणितीय स्थिति बनाएर सरकारको नेतृत्व गर्न सफल बनेको थियो, भाजपा, नरेन्द्र मोदिको नेतृत्वमा।
जस्तै, अहिले भर्खर २०७४ मा उस्तै गणितीय स्थितिमा नेकपा सरकार बनाउने ठाउँमा पुग्यो, र अहिले ओलि नेतृत्वमा कम्युनिस्ट हरुको “आलो” सरकार विद्यमान छ।

पछिल्ला ५ बर्षमा मोदिले भारतदेशका लागि चलाएका अनेक जादु हरु चलेनन्। नोट बन्दीको प्रयास पनि फिक्का रह्यो, नेपाल लगायत देशहरुसंग आपसी सम्बन्ध चिसियो। स्पष्ट संग देखिएको के थियो भने, जनअपेक्षा अनुरुप मोदि सरकारले यो कार्यकालमा खास उपलब्धि दिन सकेन, भलै कयौं कार्यहरू किन नगरेको होस् भाजपाले। बिहानीले दिनको संकेत गर्छ भनेझैं, नेपालमा पनि अस्वाभाविक जनअपेक्षा पाएको सरकारले “खास” केही पनि गरेको छैन, र खास परिवर्तन नभए यस्तै ढलमुले पारामा यो कार्यकाल सकिने निश्चित जस्तै छ! जसरी, मोदि नेतृत्वको सरकारले आफ्नो कार्यकाल सक्यो!

मोदि सरकारका कयौं असफलताका कथाहरु बोकेर, भद्दा गालीहरु बोकेर बिपक्षी कांग्रेसले चुनावी मोर्चा सम्हाल्यो, भाजपाका विरुद्ध र त्यसको रथ हाँके अध्यक्ष राहुल गान्धीले। यो सत्य थियो, भाजपा सरकारको काम हरु बाट जनता सन्तुष्ट थिएनन्। र, बिपक्षीले यो अलोकप्रीयता नै आफ्नो लोकप्रियता ठान्यो! तर त्यस्तै भयो त ?

तुलनात्मक रुपमा, २०१४ मा भन्दा दुबैदलको स्थितिमा सुधार देखिएकै छ गणितीय आधारमा ! तर सरकारको असफलता र अलोकप्रियता मात्रै प्रतिपक्षीको लोकप्रियता को सुचक बन्ने रहेछ त? तुलनायोग्य कुरा के हो भने, ओलि नेतृत्वमा बनेको सरकार पछिल्लो एक बर्षमा चरम अलोकप्रियता र बिबादका बिच रुमल्लिरहेको छ | तर के, यो अलोकप्रियताले प्रतिपक्षी कांग्रेसलाई नेपाली जनताले लोकप्रिय ठानेका छन् त? उसको लोकप्रियताको ग्राफ बढेको छ त? सहज उत्तर हो, छैन !

र, सत्तापक्षको असफलता र अलोकप्रीयता पर्खेर मात्रै प्रतिपक्षी सफल र लोकप्रिय बन्दोरहेछ त ? भारतको चुनावी नतिजाले दिएको स्पष्ट रुझान र संकेतले यसको उत्तर जोरजोर संग “बन्दैन” भन्छ। सरकारी अलोकप्रियता र असफलतामा आफ्नो, उन्नति देखिरहे अर्को कार्यकाल पनि, कांग्रेस धेरै पानीमा भने हुने छैन।

लाइभमाण्डु

भारतीय मतदानका सबैभन्दा धनी र सबैभन्दा गरिब उम्मेदवारहरु

फेरि मोदी नै उदाउने हुन त ? मत गणनाको LIVE अपडेट हेर्नुहोस्

भारतमा दोश्रो कार्यकालमा ‘मोदी’!

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग