Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

विरु देवगनको निधन

१३ जेष्ठ २०७६, सोमबार १६:१४


वलिउडका स्थापित द्धन्द निर्देशक अनि अजय देवगनका पिता विरु देवगनको निधन भएको छ । मुम्बई स्थित सूर्या अस्पतालमा निधन भएका विरु लामो समयदेखि अस्वस्थ थिए । कालजयी चलचित्रहरु क्रान्ति, शहंशाह, फुल और काँटे जस्ता चलचित्रमा कोरियोग्राफरका रुपमा यिनले कार्य गरेका थिए । हिन्दुस्तान कि कसम भन्ने चलचित्रमा विरु ले छोरा अजयलाई मुख्य नायकका रुपमा कास्ट गर्दै आफु निर्देशक पनि भएका हुन् । अर्का छोरा अनिल देवगन चलचित्र निर्देशक छन् ।

हिन्दुस्तान कि कसममा अमिताव वच्चनका साथ अजय देवगनलाई देख्न सकिन्छ । भर्खरै टोटल धमाल चलचित्रको स्क्रिनिंगमा विरु धेरै समयपछि सार्वजनिक भएका थिए । सन् १९९१ मा चलचित्र फुल और काँटेमा छोरा अजय देवगनको ईन्ट्रीका लागि पनि यिनलाई विशेष संझना गरिन्छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग